Subscribe Us

सशस्त्रको गाडीले ठक्कर दिएपछि तनाव

गरुडा । मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले हजमिनीयास्थित सशस्त्र प्रहरीबलको कार्यालय आज बिहानैदेखि घेराउ गरेका छन् । 

घेराउका क्रममा आन्दोलनकारीले प्रहरीलाई लक्षित गर्दै इँटा र ढङ्गा प्रहार गरेका छन् भने जवाफमा सशस्त्र प्रहरीले हवाइ फायर गरेपछि आसपासका क्षेत्र तनावपूर्ण भएको छ । 

गएराति सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा घाइते भएका एक जना स्थानीयको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै गाउँलेले उक्त कार्यालय घेराबन्दी जारी राखेका छन् । 

यसैगरी सदरमुकाम गौरमा आज बिहान ८ बजेदेखि ५ बजेसम्मका लागि कफ्र्यु जारी गरिए पनि आन्दोलनकारीले त्यसको उल्लङ्घन गरी नारा जुलुस गरिरहेका छन् । रासस

Post a Comment

0 Comments