Subscribe Us

नेपालको बिमानस्थल अभिशाप बन्यो मरिनालाई,
१६ करोडको कोकिनसहित युवती पक्राउ, युरोप पुर्याउन नेपाली रुट

 काठमाडौं । लागूऔंषध कोकिनको अन्तर्राष्ट्रिय गिरोहको एक सदस्य नेपालमा ११ किलो कोकिन सहित पक्राउ परेकी छिन् । मलेसियाबाट भारतको दिल्ली हुँदै युरोपपियन मुलुकमा कोकिनको सप्लाई गर्दै आएकि ३६ बर्षीया मरिना बिन्ति जमालुद्धिन नेपालको रुट प्रयोग गर्ने क्रममा गत सुक्रवार पक्राउ परिन । 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले उनलाई बिमानस्थलमा शंका लागि चेकचाँज गर्दा उक्त परिमाणका कोकिन बरामत भएको हो । कोकिनसहति पक्राउ परेकि मरिनाले नेपालको रुट पहिलोेपल्ट प्रयोग गर्दै कोकिन ईटालीको रोम लान लागेको बयान व्यूरोलाई दिएकि छिन् । 

उनले मलेशियाबाट भारत हुदै धेरै पटक लागूऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलो पटक  प्रयोग गरेको बताएकि छिन् । लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको भनाई मरिनाको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागू औषध लिई उडदा १ हजार डलर पाएको र गन्तव्यमा पु¥याएपछि थप ५ हजार डलर पाउनेसहमति भएकोे प्रहरी समक्ष उनले बयान दिएकि छिन् । 

काठमाडौं लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने मरिनाको नेपालका कुनै लागूऔषध करोवारीसँग सम्बन्ध फेला नपरेको व्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । क्यू.आर. ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जानेक्रममा ३६ बर्षीया मरिनालाई व्यूरोले उक्त परिमाणको लागूऔंषध कोकिनसहित पक्राउ गरेको हो । काठमाडौंबाट दोहा हुँदै ईटालीको रोम लैजान लागेको उक्त कोकिन व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा चेकजाँच गर्दा बरामत गरेको जनाएको छ ।  

राहदानी नम्वर ए ३४८९१३८१ वाहक मलेसियन नागरिक मलिनाले ५ वटा ल्यापटप ब्यागमा लुकाई छिपाई राखेका अवस्थामा कोकिन प्रहरीले बरामत गरेको थियो । व्यूरोबाट बिमानस्थलमा खटिएको टोलीले मलिनाले बोकेको ल्यापटप राख्ने व्याक एक्सरे स्क्रिनिङ गर्नेक्रममा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको थियो । पक्राउ परेकि मलिना कोकिन तस्करी गर्ने भरिया भएको व्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । यसअघि मलेशिया, दिल्ली हुँदै रोमतर्फ कोकिन तस्करी गर्दै आएकि मलिनाले पहिलो पटक नेपालको बाटो प्रयोग गरेको व्यूरोको दाबी छ । 

उनले ब्राजिलबाट दोहा हुदै काठमाडौंलाई ट्रान्जिट बनाएर इटालीको रोममा कोकिन  पु¥याउन लागेको व्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । बरामत कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति के.जी. करीव डेढ करोड रुपैयाँमा कारोवार हुने व्यूरोले जनाएको छ । मलिना १५ मार्चमा मलेसियाबाट ब्राजिल र २८ मार्चमा दोहा हुँदै काठमाडौँ आईपुगेकि थिईन । सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments