Subscribe Us

दुई न्यायाधिसको कारवाही स्वरुप सरुवा ,
सीसी टीभीको फन्दामा अदालत कर्मचारी

काठमाडौं । जिल्ला अदालतमा जडित सिसि टिभी क्यामेराको कारण अदालतका एक कर्मचारी सर्बोच्च अदालतको फन्दामा परेकी छिन् । 

अदालतको अधिकृत वारेश शाखामा कार्यरत खरदार भगवती चौंलागाँई घुस लिएको ८० हजार रुपैंयासहित सर्बोच्च अदालतका सह रजिष्टार नकुल सुबेदीको फन्दामा परेकी हुन् । अदालतमा जडित सीसी टिभी क्यामेरामा घुस लिँद गरेको फुटेज कैद भएपछि सर्बोच्चबाट गएकोे टोलीले भगवतीको व्याग चेक गर्दा उक्त परिमाणको रकम बरामत भएको हो । 

सर्बोच्च अदालतबाट खटिएका सह रजिष्टार सुबेदी र प्रधान न्यायाधिस रामकुमार प्रशाद साहको निजी सचिवालयबाट गएको टोलीले भगवतीलाई नियन्त्रणमा लिई व्याग चेकजाँच गर्दा उक्त रुपैंया बरामत भएको पुष्टि जिल्ला अदालतका रजिष्टार श्रीप्रशाद सञ्जेलले  बताए । 

अदालतमा सीसी टीभी क्यमरा छ, रजिष्ट्रार सज्जेल भने, ‘जुन सर्बोच्च अदालतबाट पनि नियमन हुन्छ ।’ भगबतीबाट बरामत भएको रुपैंयाको मुचुल्का बनाएर सर्बोच्चले छानबिन थालेको स्रोतले बतायो । तर उनले भने सो रुपैंया आफैले घरबाट ल्याएको दाबी गरेकी छिन् । घरमा चोरी हुनसक्ने डरले व्यागमा बोकेर हिँडेको बयान भगबतीले दिएकी छिन् । पछिल्लो समय अदालतमा सेवाग्राहीसँग कर्मचारीले बिभिन्न बहानमा पैसा असुल्दै आएकोे कानून व्यावसायीहरुको दाबी छ ।

 तारेख राख्न, आदेश कार्यान्वयन गराउन पत्रचार गर्न, पेशी राख्न, थुनुवालाई सुबिधा, सम्पूर्ण कारागार पठाउन, झगडियाहरुको बयान तथा बकपत्र मिलाएर गराईदिने भन्दै  कर्मचारीले ५ सय देखी १० हजार सम्म रकम असुल्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसियनशनले अदालतमा भ्रष्टाचार हुने गरेको दाबी गर्दै आएको बेलामा यो घटनाले पुष्टिसमेत गरेको छ । बारले अदालतमा भ्रष्टाचारका हुने दाबी गरेपछि सर्बोच्च अदालतले बिषेश निगरानी बढाएको स्रोतले बतायो ।

सर्बोच्च अदालतले जिल्लाका अतिरिक्त न्यायाधिसद्धय  महमद जुनैद आजात र ईन्द्रबहादुर कार्कीलाईसमेत बुधवार काज सरुवा गरेको छ । प्रधानन्यायाधिसको सचिवालयमा न्यायाधिसद्धय बिरुद्ध उजुरी परेपछि काज सरुवा गरेको एक कानून व्यायासायीले बताए । 

न्यायाधिस जुनैद उदयपुर र कार्की रसुवा सरुवा भएको रजिष्ट्रार सन्जेलले पुष्टि गरे । सर्बोच्च अदालतले तीन दिन अगाडि बद्नियत रुपमा मुद्दाको फैसाला गरी आर्थिक अनियमितता गरेको आरोपमा जिल्लाका अतिरिक्त न्यायाधिस खिलराज रेग्मीलाई छानबिनको घेरामा ल्याएको थियो । नेपाल बार एशोसिएसनको चितवनमा सम्पन्न सम्मेलनले  घोषणपत्र जारी गर्दै अदालतमा भ्रष्टाचार भएको ठहर गरेपछि प्रधान न्यायाधिस शर्माले भष्टाचारकोे प्रमाण उपलब्ध गराई सहयोग गर्न कानून व्यायासायीहरुलाई अनुरोध गरेका थिए । 

स्रोतका अनुसार कानून व्यायासायीहरुले लिखित रुपमा प्रमाण उपलब्ध नगराउने बताएपनि गोेप्य रुपमा प्रमाण दिन थालेपछि जिल्ला अदालतका न्यायाधिस र कर्मचारीमाथि छानबिन र कारवाही सुरु भएको हो । सरुवामा परेका जिल्ला अदालतका न्यायाधिस जुनैद बिरुद्ध न्यायापरिषद र प्रधान न्यायाधिसको सचिवालयमा आधा दर्जन उजुरी परेका छन् । 

लागूऔषधको कारोबारीलाई समेत छोडेको आरोप न्यायाधिस जुनैदमाथी लागेको छ । ४ किलो खैरो हिराईनसहित पक्राउ परेकी पाकिस्तानी नागरिक शाहाजाद र चाईनिज नागरिकलाई धरौंटी र सफाई दिएको बिषयमा न्यायाधिस जुनैदमाथी आर्धिक प्रलोभनमा परेर मुद्दाको फैसाला गरेको आरोप लागेको थियो ।

Post a Comment

0 Comments