Subscribe Us

बन्दले जनजीवन प्रभावित, आधा दर्जन सवारी साधान तोडफोड,
रेणु दाहल, हिमाल शर्मा पक्राउ

काठमाडौ । एकीकृत नेकपा माओवादीसहितका ३० दलीय मोर्चा गरेको आमहड्ताल बन्दकोे अबज्ञा गरेको भन्दै मंगलवार विहानै आधा दर्जन सवारी साधानमाथी तोडफोड भएको छ । मोेर्चाले कोटेश्वर, ललितपूरको बालकुुमारीमा सवारी साधानको तोडफोेड गरेका हुन ।

 मोर्चाको बन्दका कारण बिहानै देखि राजधानी लगायत देशैभरको जनजीवन प्रभावित बन्दै गएको छ । बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउंन थालेका छन् । बन्द गराउँदै हिड्ने बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

  एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई विजुलीबजार पुलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ । विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बाकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ ।

 त्यस्तै, बालकुमारी पुलमा पनि आन्दोलनकारीहरुले एउटा गाडी जलाएका छन् । जलाइएको गाडीको नम्बर भने खुलेको छैन । मोर्चामा आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ। २४, २५ र २६ तिन दिनका लागी मोर्चाले बन्दको आव्हान  गरेको थियो । मोर्चाको सि‌हदरबारमा बसेको बैठकले बन्द लगायतका आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको थियो।

Post a Comment

0 Comments