Subscribe Us

आजपनि भूकम्पको चार धक्का

काठमाडौं । आईतवार बिहान देखि साँझसम्म चार पटक भूकम्पको धक्का गएको छ । दुई साता अगाडि गएको ठूलो भूकम्पपछि साना तिना धक्का जाने क्रम जारी छ । आईतवार काभ्रे केन्द्रविन्दु भएर दिउँसो ३ बजेर २३ मिनेटमा भूकम्पको चौथो धक्का गएको छ । 

धक्का ४ दशमलव २ म्याग्निच्युडको थियो । यसअघि बिहान १ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ म्याग्निच्युडको, बिहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोक नै केन्द्र भएर ४ दशमलव ४ म्याग्निच्युडको र बिहान ११ बजेर ८ मिनेटमा रसुवा केन्द्र भएर ४ म्याग्निच्युडको भूकम्प गयो ।

 

Post a Comment

0 Comments