Subscribe Us

गुप्तचर विभागमा रेग्मीले मारे बाजी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअबि) को प्रमुखमा दिलीप रेग्मीले बाजी मारेका छन् । मन्त्री परिषद्को बिहीवार भएको बैठकले रेग्मीलाई प्रमुखमा नियुक्ति गरेको हो । रेग्मीलाई अब कुनै काण्ड नलागे उनले बिभाग अब ४ बर्ष हाग्ने छन् । प्रमुख बन्नलाई  रेग्मी र  एआईजी देबराज भट्टको हानाथाप थियो । केही महिना पहिले भएको बढुवामा भट्ट भन्दा कनिष्ट रेग्मीलाई एक नम्बर एआईजीमा बढुवा गरिएको थियो । 

‘मुस्ताङ अपरेशन’ काण्डमा मुछिएका रेग्मीले सोही काण्डबाट अकुत सम्पत्ति कमाएका थिए भने बढुवा हुँदा पनि रकम खर्चेर बढुवा भएको चर्चा बिभागमा थियो । अहिले तिनै एआईजी रेग्मीलाई सरकारले राअविको प्रमुख बनाएको छ ।  

रेग्मीलाई राअविको प्रमुख बनाउन लगानी गर्नेमा नोबल एकेडेमीका सञ्चालक नबराज पाण्डेको नाम अग्र स्थानमा रहेको स्रोत बताउछ । एमालेलाई मिलाउने काम नबराज पाण्डेले गरिरहेका छन् भने काँग्रेसबाट मृदुला कोइराला र भूपेन्द्ररमण न्यौपानेले रेग्मीलाई प्रमुख बनाउन ज्यान फालेर लागेका थिए । त्यसैगरी, प्रधानमन्त्री सुशील कोइरालाका भान्जा रमेश भण्डारी, पीए तथा भतिजा अतुल कोइरालाले रेग्मीको फेभरमा लविङ गरेका थिए । यही समूहको सेटिङमा रेग्मी बिभागको प्रमुख बनेको स्रोतको दाबी छ । रेग्मीले यो समूहलाई संयोजन मिलाउन राअविका डीएसीपी टेकराज तिमिल्सिनालाई खटाएका थिए । 

रेग्मीले प्रमुख हुन भन्दै जागिर लगाउने प्रलोभनमा दर्जनौंबाट रकम उठाएको उजुरी संसदको राज्य ब्यवस्था समितिदेखि गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको छ । राअबिमा छड्के नियुक्ति दिने भन्दै रकम उठाउने रबीसिंह बस्नेतले रेग्मीको निर्देशन बमोजिम रकम उठाइरहेको स्रोतले बतायो । सबै ठाउँमा उजुरी परेपछि हाल उनी फरार रहेको पीडितले बताएका छन् ।  उजुरीकर्ताले बस्नेतलाई पैसा उठाउन लगाउने एआईजी रेग्मीको नामै किटानी गरेर उजुरी हालेका छन् । गृहमन्त्रलाय, अख्तियार र संसदको राज्य ब्यबस्थामा एआईजी रेग्मीमाथि उजुरी परेपनि उनीमाथि कुनै छानविन भएको छैन् ।

Post a Comment

0 Comments