Subscribe Us

बिपदमा कालो बजारी गर्ने १० व्यापारी पक्राउ

काठमाडौं ।  गत १२ गते गएको भूकम्पपछि देश विपदमा परेको छ, जनता त्रासमा जिएका छन् तर त्यहि मौका छोपेर कालोबजारी गर्ने व्यापारी भने सक्रिय हुन थालेका छन् । राजधानीमा कालो बजारीमा सक्रिय १० जना व्यापारीलाई प्रहरीले पक्राउ गरी कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

ग्राहकलाई अभद्र व्यवहार गर्नेलाई भने केही सार्वजनिक अपराध तथा साजाय ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमध्ये १० जनाले कालोबजारी गरेको पाइएको छ भने ७ जनाले ग्राहकलाई अभद्र व्यवहार गरेको अनुसन्धाानबाट खुुलासा भएको छ ।

प्रहरीका अनुसार गंगालाल अस्पताल अगाडिको ओमशिवम् फार्मेसीका संचालक सुमन महर्जन र टिचिङ अस्पताल अगाडि रहेको भेरीराप्ती फार्मेसीका संचालक सरिता जिसीविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीकी रमा खत्री, महोत्तरीकी बब्लु गुप्ता, नवलपरासीका सन्तोष बास्तोला, किरण बास्तोला, मकवानपुरका सुमन अधिकारी, काठमाडौंका हरिराम मालाकार, मनोहराको खतिवडा फेन्सी पसलका संचालक उद्धवप्रसाद खतिवडा र अच्युतप्रसाद आचार्यलाई कालोबजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

यसैगरी झापाका पूर्णप्रसाद सिवाकोटा, मोरङका गोविन्द लुईटेल, सप्तरीका हिराकुमार चौधरी, सिन्धुलीका सन्जीब भण्डारी, प्रकाश तामाङ्ग, सुनसरीका कमल दुलाल र भारतका अमित गुप्ताविरुद्ध केही सार्वजनिक अपराध तथा सँजाय ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments