Subscribe Us

ज्योतिषी सुनिल सिटौलालाई प्रहरीको चेतावनी

काठमाठौं । प्रहरीले ज्योतिषी सुनिल सिटौलालाई जथाभावी लेखेमा कारवाही गर्ने चेतावनी दिदै सामाजिक सञ्जालबाट उनका पोस्ट हटाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक संजाल ट्विटरबाट भुकम्पको प्रकोपले पीडित तथा त्रशित अवस्थामा रहेका सर्व–साधरणहरुमा नकारात्मक भ्रम र अफवाह फैलाउने गरी बिभिन्न आधारहिन कुराहरु संप्रेषण गरेको पाईएकोले सर्व–साधरणको हितका लागि पोस्ट हटाएको जनाएको छ । 

महाशाखाले डा। सुनिल सिटौलालाई तत्काल उक्त कुरा आफ्नो पोस्टबाट हटाउन लगाईएको जनाएको हो । त्यस्ता तथ्यहिन भ्रमपूर्ण समाचारहरु पोष्ट, शेयर तथा लाईक नगर्न र्ईन्टरनेट प्रयोगकर्ताहरुलाई समेत महाशाखाले अनुरोध गरेको छ

Post a Comment

0 Comments