Subscribe Us

भूकम्प अवसर होईन, कैदी–बन्दीलाई आममाफी दिनः गृहप्रवक्ता

काठमाडौं । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि प्रसाद ढकालले भूकम्प कुनै खुशीको अवसर नभएकोले कैदी बन्दीलाई आममाफी दिन नसकिने स्पष्ट पारेका छन । 

रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रबक्ता ढकालले भने,‘कुन चाँही खुशीको दिन हो र कैदी–बन्दीलाई आममाफी दिन ? भूकम्पले आपराधिक स्वरुपमा के परिवर्तन गर्यो र छाड्ने ? अहिले पूर्ण आममाफी कसैलाई पनि दिन सकिदैन ।’ 

प्रवक्ता ढकालले सबै कैदी बन्दीलाई आममाफी दिए सामान्य ब्यक्ति र अपराधीवीच फरक नहुने भन्दै असुरक्षित भवनमा रहेका कैदी बन्दीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रम जारी रहेको बताए । आमनागरिक सँगै कैदी बन्दीको पनि सुरक्षित बाच्न पाउने अधिकार भएको भन्दै त्यसकोलागि सरकार लागि परेको ढकालले जानकारी दिए ।  

सरकारले खुल्ला कारगारको अवधारणा अनुसार बाँके र नुवाकोटमा जग्गा खरिद गरेर दिनभरी काम गरेर राती फर्किने अवस्था सृजना गर्न लागेको भन्दै यातायात, टेलिफोन खानेपानी लगायतका सप्लाईका लाईन ठिक ठाँउमा रहेकोले अहिले ने आममाफीको कुरा हुन नसक्ने प्रष्ट पारे ।  

असल आचारण भएका र पचास प्रतिसत सजाय भुक्तान गरिसकेकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने प्राबधान रहेको र आउदो जेठ १५ गते त्यस्ता केही कैदीलाई आममाफी दिने तयारी भईरहेको जानकारी दिए । यद्यपि उनले कानूनमा तोकेको १० किसिमका मुद्दा बाहेकका अरु कैदीले मात्र यो सुबिधा पाउने बताए ।  

मानवअधिकारकर्मी चरण प्रसाईले कैदी बन्दीको पनि मानवअधिकार हुने भएकोले उनीहरु सुरक्षित रुपमा बाच्न पाउने अधिकारलाई राज्यले कुष्ठित गर्न नहुने भन्दै जेल जिर्ण भएकोले सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने आवश्यकता औल्याए । उनले राज्यले यो विषयमा ध्यान नदिदा १६ जना कैदी बन्दीले ज्यान गुमाउनु परेको आरोप समेत लगाए । बरिष्ठ अधिवक्रा शेरबहादुर केसीले जिर्ण जेलमा क्षमता भन्दा बढी कैदी राखेकोले फेरि पनि क्षति हुन सक्ने सम्भावना ब्यक्त गर्दै ५० प्रतिसत सजाय भोगिसकेका सबैलाई आममाफी दिने ब्यवस्था गर्नु पर्ने बताए । 

उनले जेलमा मृत्यू भएकालार्य क्षति पूर्ति दिनु पर्ने र बाच्न पाउने अधिकार सबैको भएकोले आफूले यो विषयमा राष्ट्रपतिलाई भेटेर जानकारी गराईसकेको बताए । नेपाल मानवअधिकार संगठनका अध्यक्ष तुलसी थापाले नेपाली कारागाराको स्थिति चिडिया घरको अवस्था भन्दा पनि कमजोर रहेको भन्दै उनीहरुको ज्यानको सुरक्षाको लागि जेठ १५ गते बढी भन्दा बढी कैदी बन्दी रिहाई गर्नु पर्ने धारणा राखे । 

उनले जेलको अवस्था राम्रो नभएकोले यसलाई तत्काल सुधार गर्नु पर्ने आवश्यकता औल्याए ।
बन्दी कैदि पीडित परिवार केन्द्रीय समितिका अध्यक्ष जीवन रायमाझीले मुलुकको जेलको हालत जिर्ण रहेकोले कैदी बन्दीको एउटै चिहान बन्ने सम्भावना औल्याउँदै अहिले जेल नभएको अवस्थामा कैदी बन्दीलाई आममाफी दिएर देशको पुर्ननिर्माणमा लगाउनु पर्ने आवश्यकता औल्याए । उनले अहिलेसम्म हाईटीसहित धेरै देशमा मुलुक विपत्त परेको बेला आममाफी दिएका उदाहरण प्रस्तुत गर्दै उनीहरुको जीवन रक्षाको लागि पनि आममाफी दिनु पर्नेमा जोड दिए ।

Post a Comment

0 Comments