Subscribe Us

लिङक स्टार म्यान पावरले बनायो भुजेलको विचल्ली

काठमाडौ । लिङक स्टार म्यान पावर र युनाईटेड प्लेसमेन्ट एण्ड ईम्प्लोईमेन्ट सर्भिसेजल सर्बसाधारणलाई ठगि गर्ने गरेको रहस्य खुलासा भएको छ । म्यान पाउरले फ्रि भिषा ल्याएर बिरोजगार युवासँग पैसा असुलेर रोजगारको लागी बिदेश पठाउने गरेको रहस्य खुलासा भएको छ । यि दुई मेन पाउरले एकनाथ भुजेललाई फ्रि भिषामा कतार पठाएर नब्बे हजार रुपैया असुलेको रहस्य खुलासा भएको हो ।

 नब्बे हजार रुपैया लिएर बैदेशिक रोजगारकालागि कतार पठाईएका उदयपुर बसाहाका एकनाथ भुजेल १४ महिना बसेर विना तलब नेपाल फर्किए पछि मेनपाउरको असली धन्दा बाहिर आएको हो ।  सन् २०१३ सेप्टेम्बर १ बाट कतारको अलमिनहियाज कम्पनीमा १४ महिना बसेका भुजेललाई एक महिनाको मात्र तलब दिएर अरु भिषा निकाल्ने स्पोन्सर, मेडिकल आईडी र पुलिस गुप्तचरलाई दिनु पर्छ भनि सादा कागजमा सहि गराएर विना तलब फर्काएको आरोप उनले लगाएका छन् ।  

पत्रकार सम्मेलनमा उनले तलब मागेका कारण कम्पनीका मानिसहरुलाई तेरो साथीले मोवाईल चोरेको छ भन्दै ६ महिनासम्म झुठा मुद्दा लगाएर जवरजस्ती खाली खुट्टा नेपाल फर्काईदिएको भुजेलले बताएका छन् । उनले आफूलाई नेपालबाट कतार पठाउने कम्पनीले पनि तलब दिलाई दिन्छु भन्दा भन्दै महिनौ देखि झुलाई रहेकोले अहिले आफू न्याय नपाएर काठमाडौबाट घर फर्किन नसकि कुल्ली काम गरिरहनु परेको बताए । 

Post a Comment

0 Comments