Subscribe Us

१३ करोड ठग्ने मराठा सिआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरोले बैंक ठगि फरार भएका अरुणकुमार मराठालाई पक्राउ गरेको छ । ब्यूरोले बैंकिङ कसुर मुद्दामा १३ करोड ३० लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय पाएका मराठालाई पक्राउ गरेको हो । 

पक्राउ मराठालाई ब्यूरोले फैसाला कार्यान्यायनको लागी जिल्ला अदालत काठमाडौमा बुजाएको जनाएको छ । मराठाले क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडबाट सफल उपत्यका आवास विकास कम्पनी प्रालि को नाममा ७ करोड र सफल श्री पब्लिक ईन्भेष्टमेन्ट कम्पनी प्रालि को नाममा ६ करोड ३० लाख रुपैयाँ कर्जा लिएका थिए ।

 सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडलाई हानी नोक्शानी पुर्‍याएको ठहर गर्दै पुनरावेदन अदालत पाटनले गत बर्ष वैशाख २९ गते ६ बर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरीवाना गरेक थियो । तर मराठा  भने फरार थिए । 

कैद तथा जरीवाना बेरुजु रही फरार रहेका मराठालाई शुक्रबार नयाँबानेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको फैसला अनुसार उनलाई कारागार कार्यालय नख्खुमा कैद भुक्तानका लागि पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Post a Comment

0 Comments