Subscribe Us

डन खोज्दा सुन लुटेरा भेटिए

काठमाडौं ।  गत बैशाख १२ मा गएको महाभूकम्पले सिन्धुपाल्चोक जिल्ला कारागार भत्किएपछि फरार भएका डन सगुन श्रेष्ठलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीले अर्का मोष्ट वान्टेड गुण्डा योगेन्द्र लामा उर्फ ‘वाला’ लाई पनि स“गै भेटेको छ । ५ महिना अघि काभ्रेको पाँचखालबाट ‘वाला’ को समूहले सुन क्यारिङ गर्ने गाडिका ड्राईभर जंगबहादुर बिश्वकर्मासँगको मिलेमतोमा ३५ किलो अबैध सुन लुटेको थियो । सुन लुटेपछि फरार रहेका ‘वाला’ प्रहरीबाट बच्न दुबईमा समेत पुगेका थिए । 

दुई महिनाको दुबई बसाईपछि भारतको गोवामा दुई महिना बिताएर नेपाल फर्केका ‘वाला’ गत महिना मात्र नेपाल आएका थिए । तत्काल सुन लुटेको आरोपमा अपराध महाशाखा हनुमानढोकोले कुनै बेलाका एमाओेबादी अध्यक्ष प्रचण्डका ड्राईभर उज्वल लामालाई पक्राउ ग¥यो । तर, राजनीतिक दबाबका कारण थप अनुसन्धान नगरी पक्राउ गरेको ३ दिनमा नै छाड्न बाध्य भयो ।

 तत्कालिन अबस्थमा पक्राउ परेका लामाले सुन आफूले नलुटेको तर ‘वाला’ को समूहले लुटेको हुन सक्ने भन्दै प्रहरीलाई बयान दिएका थिए । प्रहरीले ३५ किलो सुन काण्डको मुख्य अभियुक्त वाला भएको निष्कर्ष निकाल्दै वालाको खोजी सुरु गरेको थियो । ५ महिनापछि पक्राउ परेका ‘वाला’ डन सगुनसँगै पक्राउ त परे तर प्रहरीले ३५ किलो सुन काण्डको कुनै अनुसन्धान नै नगरी सार्वजनिक अपराधमा मुद्दा चलाउन काठमाडौं परिसरलाई जिम्मा लगाएको परिसर स्रोतले बतायो ।

फरार सूचीमा राखेर प्रहरीले वालाको खोजी गरिरहेको अबस्थामा डन सगुनसँगै वाला पक्राउ परेका हुन् । पक्राउ बारे सञ्चारमाध्यामलाई कुनै अतोपतो दिइएको छैन । जसका कारण प्रहरीको नियतमाथि नै शंका उब्जिएको छ । अपराध महाशाखाले ‘वाला’ स“गै पक्राउ परेका फरार बन्दी श्रेष्ठ र पुष्पराम श्रेष्ठ मात्र पक्राउ परेको जानकारी दिएपनि लुटेराको नाईके ‘वाला’ को बारेमा भने कुनै जानकारी गराएको छैन । महाशाखाले फरार सगुनलाई खोज्दा गत सुक्रवार बेलुका वालालाई समेत ललितपुरको नख्खिपोटबाट पक्राउ गरेको थियो । वाला आफ्नो मुद्दा मिलाई दिए दुई किलो सुन दिने भन्दै काभ्रेका का“गे्रस नेता र एमाओवादीका नेताको शरणमा पुगेका थिए । 

वाला संबिधानसभाको चुनाव अगाडि कांग्रेस निकट थिए भने चुनाब ताका एमाओवादीको बिल्ला भिरेर खटिएका थिए । काभ्रेमा उनी एमाओवादीका नेता तथा पूर्ब राज्यमन्त्री सूर्यमान दोङ निकट छन् । सुन लुटे लगत्तै वाला नेता दोङको शरणमा पुगेका थिए । दोङले बचाउन नसकेपछि उनी फरार भएर दुबई पुगेको उनी निकट स्रोतले बतायो । पछिल्लो समय वाला बचाउन का“गे्रसका गुण्डा नेता तिर्थ लामा समेत सक्रिय थिए । 

लामाले ‘वाला’ लाई आत्मा समर्पण गराउन महाशाखाका केही डीएसपीलाई समेत अनुरोध गर्दै फोन गरेका थिए । पछिल्लो समय प्रहरीले गुण्डागर्दीमा सक्रिय समूहलाई पक्राउ गर्दा लगाएको कपडाको दायाँ वा बायाँ खल्तीबाट लागूऔषध बरामत गर्दै आएको छ । सोही डर वालालाई पनि थियो । खल्तीबाट लागूऔषध नभेटियोस् भनेर उनले दुई किलो सुन दिने प्रस्ताब प्रहरीलाई पु¥याउदै आएका थिए । सुन लुट्ने समूहका योेजनाकार उज्वल भएपनि गाडि अपहरणको नाटक गर्ने तथा सुन लुट्न भने वालाले भूमिका खेलेका थिए । 

उक्त नाटकमा वालालाई काभ्रेकै बिजय लामा र अर्का एकले साथ दिएका थिए । सुन लुटेपछि ड्राईभर जंगबहादुरले लुटेरा समूहले आफ्नो यात्रुसहितको गाडि काभ्रेको पाँचखालबाट अपहरण गरी रातेमाटेमा पु¥याई  आफूसँग भएको नगद र सुन लुटेको भन्दै महाशाखामा उजुरी दिएका थिए । तत्काल प्रहरीले गाडिका यात्रुको समेत बयान लिएको थियो । तर मुख्य योजनाकार पक्राउपछि भने प्रहरीले वालालाई सजिलै उन्मुक्ति दिने तयारी गरेको छ ।

Post a Comment

0 Comments