Subscribe Us

जगदम्बाको न्यौपाने टावरका कारण सयौँको ज्यान जोखिमा,
क्षत विक्षत भएको भवनमा सरकारी टोली नपुग्दै मर्मत सुरु

काठमाडौँः सबैभन्दा बलियो र उत्कृष्ट भन्दै विज्ञापन गर्ने जगदम्बा सिमेन्टको कर्पोरेट कार्यालय जोखिममा परेको छ । काठमाडौँको तीनकुनेमा रहेको न्यौपाने टावर चिराचिरा परेपछि त्यहाँ भएका कार्यालयका कर्मचारी र सर्वसाधरणहरु त्रासमा छन् । गत वैशाख १२ गतेको भुकम्पले भवनमा आशिंक क्षती पुगेको थियो । भवनका केहि पिल्लटरका रड भाचिएका थिए भने भवनबाट ईट्टाहरु झरेका थिए । भूकम्पका कारण सबै भित्ताहरु पनि उक्किएका थिए । भवनबाट भाग्दा त्यहाँ कार्यरत विभिन्न कार्यालयका कर्मचारीहरु घाईते समेत भएका छन् ।
 भुकम्पबाट भत्किएको पर्खाल
भुकम्पबाट भत्किएको पर्खाल
तर सञ्चालक विष्णु न्यौपानेले भुकम्प गएको तीन दिनमै सरकारी अनुगमन नपुग्दै भत्किएको भवन टाल्न सुरु लगाएका थिए । भुकम्पका पराकम्पन जारि हुँदा हुदै ८ तले घरमा उनले मजदुरहरुलाई काम गर्न लगाएका थिए । पैसाकै आडमा उनले भवनलाई टालटुल गर्ने काम गरेका छन् ।
भवनलाई टालटुल पादै
भवनलाई टालटुल पादै
भवनलाई समान्यरुपमा टाल्दै रङ लगाउँदै गरेको अवस्थामा फेरि २९ गते भुकम्प आएपछि प्रयोग नै गर्न नमिल्ने गरि न्यौपाने टावर भत्किएको छ । तर सञ्चालक विष्णु न्यौपानेले पैसाको आडमा क्षत विक्षत बनेको भवन सुरक्षित रहेको भन्दै सूचना निकालेका छन् । उनका निजि ईन्जिनियहरुको हवला दिदै कार्यालयहरु सूचारु गर्न हुने भन्दै सूचना टाँसिएको छ ।
निजि ईन्जिनियरको नाम दिदै टासेको सूचना
निजि ईन्जिनियरको नाम दिदै टासेको सूचना
न्यौपाने टावरमा हाल सिद्धार्थ बैंक, सनराईज बैंक, नेपाल वान टेलिभिजन, लक्ष्मी स्टिल, जगदम्बा सिमेन्ट, जाब्रा लगाएतका कार्यालय रहेको छन् । ती सम्पूर्ण कार्यालयमा कम्तिमा ५ सय भन्दा बढि कर्मचारीहरु छन् ।
सनराईज बैंकको कार्यालय बाहिरको भत्किएको भित्ता
सनराईज बैंकको कार्यालय बाहिरको भत्किएको भित्ता
त्यससँगै जोडिएकोे नेपाल प्रहरीको कार्यालय रहेको छ भने आसपासमा दर्शनबढि पसलहरु रहेका छन् । तर ति सर्वसाधरण, कार्यालय र पसलहरुको त्रासकै बिचमा न्यौपाने टावरले २९ गतेपछिको भुकम्पको क्षतीपछि पनि सरकारी टोलीलाई उछिन्दै फेरि सबैको आखाँ छल्ने काम गरेको छ ।
सिद्धार्थ बैंक बाहिर पनि उस्तै
सिद्धार्थ बैंक बाहिर पनि उस्तै
पिल्लर पूर्ण रुपमा क्षती नपुगेको भन्दै ईन्जिनियर पुष्प कटवालले भवन मर्मत कार्य जारि राख्ने बताए । उनिसँग जानकारी लिदाँ भुकम्पले एउटा पनि इट्टा नखसेको भन्दै मर्मत गरेपछि वस्न मिल्ने दावी गरे । आफ्नो दावी एकछिन पनि नटिक्ने गरि उनले भवनमा ठूलो क्षती नभएको बताए । अझ उनले काम गर्ने आफू भएको बताउँदै तपाईलाई केहि नहुने भन्दै ठाडो जबाफ दिए । सरकारी टोली नआउँदै किन काम थालेको भन्ने प्रश्नमा उनले सरकार समयमा नआउनु कस्को कमजोरी भन्दै उल्टै अर्को प्रश्न तेर्साए ।
वैशख १२ गते क्षती बनेको भित्ता टालेपछि २९ गतेको भुकम्पले फेरि भत्केको छ ।
वैशख १२ गते क्षती बनेको भित्ता टालेपछि २९ गतेको भुकम्पले फेरि भत्केको छ ।
यसरी पैसाकै भरमा न्यौपाने टावरलाई धरापमा पार्न थालिएको छ । स्रोतका अनुसार न्यौपाने टावरका सञ्चालकले जोखिममा परेको घर भत्कन सक्ने भन्दै विभिन्न निकायलाई पैसा समेत खुवाएको बताइएको छ । Jagadamba Neupane (6)

Post a Comment

0 Comments