Subscribe Us

अत्याधिक मूल्यमा पाल बेच्न पक्राउ

काठमाडौँ । अत्यधिक मूल्यमा  पाल बेचेकोे अभियोगमा दुई जना पक्राउ परेका छन् । पाललगायत प्लाष्टिकका सामग्री बेच्दै आएका काभ्रेका केशव श्रेष्ठ  र अमित श्रेष्ठलाई महानगरीय प्रहरी अपराध महाखाशाले शनिवार कालीमाटीबाट पक्राउ गरेको हो ।

अभियुक्तद्वयले रु एक हजार पर्ने पाललाई रु एक हजार ६०० र एक हजार ८०० सय पर्ने पाललाई रु दुई हजार ५०० मा बेचिरहेको अवस्थामा पक्राउ गरिएको उक्त महाशाखाले जनाएको छ ।

ग्राहक बनेर गएका प्रहरीले उनीहरूलाई पक्राउ गरको हो । अभियुक्तद्वयलाई कालीमाटीस्थित महानगरिय प्रहरी प्रभागको हिरासतमा राखेर कारबाही अघि बढाइएको छ ।

Post a Comment

0 Comments