Subscribe Us

महाभूकम्पमा साडे सात हजारको मृत्यु,
६ प्रहरी र ९ सेनाले पनि ज्यान गुमाए

काठमाडौँ, गत शनिबार देशको विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी मंगलबारसम्म सात हजार चार सय ९३ जनाको ज्यान गएको छ । भूकम्पमा परी १४ हजार तीन सय ७१ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार ८८, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा पाँच हजार तीन सय २९, पश्चिम क्षेत्रमा ४ सय २१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । घाइते हुनेहरुमा उपत्यकामा ७ सय ६२ पुगेका छन् ।

 पुर्व क्षेत्रमा ३ सय १९, मध्य क्षेत्रमा पाँच हजार एक सय ८७, पश्चिम क्षेत्रमा एक हजार एक सय ७९, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ६५ जना तथा घाइते भएका नेपाल प्रहरी एक ४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५२ जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । 

यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २४७ र विदेशी नागरिक एक सय ८ जना हराइरहेका छन् । हालसम्म उपत्यकामा एक हजार छ सय ५८, पुर्वमा क्षेत्रमा ५१, मध्य क्षेत्रमा पाँच हजार दुई सय ७६, पश्चिम क्षेत्रमा तीन सय ८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा सात हजार तीन सय ६९ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन प्रहरीले आग्रह गरेको छ । 

नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ । उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

Post a Comment

0 Comments