Subscribe Us

लोकमानको कनेक्सन तस्करदेखि माफियासम्म

काठमाडौं । गत १२ बैशाखमा गएको महाभूकम्पका कारण मुलुक महाविपत्तिमा फसेको छ । प्रायजसोः प्रत्येक नेपाली एक अर्काको दुःखमा मलम लगाउन प्रयासरत छन् । राजनीतिक दलहरु आफ्नो सुरक्षित अबतरणपछि मात्र गाउँ पस्न थालेका छन् ।

 सरकार कमजोर अबस्थामा छ भने कर्मचारीतन्त्रमा मनपरितन्त्र मौलाएको छ । यस्तो बेलामा हुन सक्ने आर्थिक अनियमितता र अपराध रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष भूमिका खेल्नु पर्ने हुन्छ । तर, अख्तियारका प्रमुख लोकमानसिंह कार्की आफै आर्थिक अनियमितता र पदीय अख्तियारी दुरुपयोग गर्न सक्रिय रहेको प्रमाण भेटिएको छ । 

सार्वजनिकि निकायमा हुने पद र शक्तिको अख्तियारी दुरुपयोग गर्ने तथा अनुसन्धान पश्यात कारवाही गर्नेसम्मको अधिकार पाएको निकायका प्रमुख कार्कीले सामाजिक सञ्जाल फेसबुकमा ‘लोकमासिंह कार्की’ नामक आफ्नै पेजको विज्ञापन दिएर ‘लाईक’ बढाउने काम गरिरहेका छन् । कार्कीले अख्तियारको रकम खर्चेर आफ्नो ब्यक्तिगत पेज ‘लोकमासिंह कार्की’ प्रवद्र्धन गर्न फेसबुकमा विज्ञापन दिएका हुन् । महाभूकम्पमा प्रत्येक नेपाली एक अर्काको दुःखमा मलम लगाउन जुटेका छन् ।

 तर, गुमनाम बसेका अख्तियार प्रमुख कार्की भने यतिखेर जसरी हुन्छ आफ्नो पेजको लाईक बढाउने ध्याउन्नमा छन् । त्यसैले फेसबुकमा उनले विज्ञापन दिएर नै लाईक बढाइरहेका छन् । उनको ब्यक्तिगत ‘लोकमासिंह कार्की’ पेजमा नेपाली राष्ट्रिय झण्डैझण्डा भएको तस्बीरमा ‘टुगेदर वी रिविल्ड नेपाल’ लेखिएको छ । कार्की हलिवुड, बलिवुड वा कलिवुडको प्रख्यात कलाकार भएझै उनले सामाजिक सञ्जालमार्फत आफूलाई सार्वजनिक ब्यक्तित्वका रुपमा उभ्याउन राज्यकोष दुरुपयोग गरिरहेका छन् । मुलुक विपत्तिमा फसेका बेला राज्य र कर्मचारीतन्त्रबाट हुन सक्ने संभावित आर्थिक अपराध रोक्न विशेष भूमिका खेल्नुपर्ने बेला कार्की स्वयम् ‘टिनएजर बच्चाबच्ची’ झै फेसबुककमा झुण्डिएका हुन् । 

लोकमानको कनेक्सनः त्यसो त, नेपालका सबैभन्दा ठूला तस्कर, माफिया र काला ब्यापारीहरुस“ग कार्कीको किन यति धेरै उठबस भइरहेको छ ? खोजीको विषय बनेको छ । कार्कीको सुन तस्करीका बादशाह मानिने दिपक मल्होत्रा, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ब्यापारिक साझेदार अजयराज पराजुली उर्फ सुमार्गी, सूर्य नेपालका रबी केसी, मिटरब्याज ब्यवसायी महेशबहादुर सिंह, उपेन्द्र महतो, चौधरी ग्रुपका बसन्त चौधरी, यती एयरलाईन्सका सञ्चालक आङछिरिङ शेर्पा, सुबर्णलाल श्रेष्ठ, सञ्चारउद्यमीद्धय कैलाश सिरोरिया र रामेश्वर थापालगायतस“ग सम्बन्ध बाक्लो रहेको छ । 

सुन तस्कर मल्होत्रालाई त उनले आफ्नो घर नै भाडामा दिएका छन् । भाडामा दिएको घरमा शक्तिको चरम दुरुपयोग गर्दै सुरक्षा गार्ड नै राखिएको छ । स्रोत भन्छ–‘दिपक मल्होत्राले उक्त घरमा तस्करी गरेर ल्याएको सुन गोदाम गर्ने गरेका छन् । सुन तस्करीमा अख्तियार प्रमुख कार्कीको समेत लगानी रहेको छ । मासिक ३० हजार पनि नपर्ने घरबाट कार्कीले महिनाको ३ लाख असुल्ने गरेका छन् ।’ तर मल्होत्राले भने उक्त घरलाई मासिक ५ लाख भाडा बुझाउने गरेको आफूनिकटका ब्यक्तिलाई बताउने गरेका छन् । 

साथै, न्यायाधीशहरु चोलन्द्रशमसेर राणा, गोपाल पराजुली, ओमप्रकाश मिश्रलगायतस“ग पनि उनको उठबस रहेको छ । कार्कीको छोरीको विवाहपछि सा“ग्रिला होटलमा भएको चारदिने भोजमा माथि उल्लेखित सबैको उपस्थिति थियो । सरकारले अख्तियारमा ५ जना आयुक्त नियुक्त गरेका दिन उनी निकै तनाबमा देखिन्थे भने त्यसदिन सा“ग्रिलामा भइरहको पार्टी नै छाडेर ९ बजे राती उनी निस्किएका थिए ।

भ्रष्टलाई भित्र्याउने तयारीः कानूनतः कुनै पनि मुद्दा खेपिरहेका ब्यक्ति वा कर्मचारीस“ग भेटघाट गर्नुलाई समेत असंवैधानिक मानिन्छ । तर, पदीय अख्तियारी दुरुपयोग गरी अकुत कमाएका सडक डिभिजन कार्यालय काठमाडौंका पूर्व प्रमुख ईन्जिनियर गोपाल खड्कालाई भने कार्कीले रुचाएका मात्र होइनन, कारबाहीबाट बचाएका पनि छन् । खड्काले कार्कीको छोरीको विवाह र विवाह विदेश भ्रमणमा जा“दा समेत सहयोग गरेको अख्तियार स्रोत बताउ“छ । 

अख्तियारका सचिव केशव भट्टराईमार्फत प्रमुख आयुक्त कार्कीस“ग राम्रो सम्बन्ध बनाएका खड्काले अन्य भ्रष्ट कर्मचारीको सूचना भटाभट ल्याउन थालेपछि कार्कीले उनलाई विज्ञको रुपमा झण्डै अख्तियारमा नै भित्र्याएका थिए । खड्काको अख्तियारमा दर्जनौं भ्रष्टाचारका मुद्दा रहेका छन् भने उनी डिभिजन कार्यालयमा हु“दा हप्तामा तीनदिन त अख्तियार नै धाउने गरेको डिभिजन कार्यालय स्रोतले बतायो । सामान्यतयाः संवैधानिक अंगमा कार्यारत कर्मचारीलाई उजुरी परेका ब्यक्तिस“ग भेटघाट वा भोजभत्तेरमा जान समेत कानूनले बन्देज गरेको छ । तर, कार्की खड्काको छोरीको विवाहमा समेत स–परिवार सहभागि भएका थिए । खड्काको करोडौं अवैध सम्पत्ति र बैक ब्यालेन्स रहेको स्रोतको दाबी छ । तिनै भ्रष्टलाई अख्तियारका प्रमुख कार्कीले सारथी बनाएपछि अख्तियारभित्रै कार्कीको आलोचना हुन भएको छ ।  जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments