Subscribe Us

अन्ततः यसरी तुहियो आईजिपी वन्तको योजना

काठमाडौं । देशमा विपद्मा रहेको बेला गोप्य रुपमा नियमावली पास गराउने सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तको योजना असफल भएको छ । पक्राउ पुर्जी दिएर अपराधी पक्राउ गर्नेसम्मको अधिकार राखेर उनले सशस्त्र प्रहरी नियमावली पास गराउन खोजेका थिए । तर गृहभित्रै त्यस्तो विवादास्पन प्रस्तावको बिरोध भएपछि नियमावली रोकिएको छ ।

कानुन र अर्थ मन्त्रालयबाट समेत पास भइसकेको उक्त नियमावली बिहिबार मन्त्रीपरिषद्बाट पारीत गर्ने तयारी थियो । तर, पक्राउ पुर्जी दिने विषय विवादीत बनेपछि फेरी छलफल हुने भएको छ । नियमावली रोक्न नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफैं दौडधुपमा लागेका छन् । त्यस्तो अधिकार दिदा दुई संगठनबीच कार्यक्षेत्र बा“झिने र अपराधको अनुसन्धान गर्ने काम सिभिल प्रहरीको मात्र हुने भन्दै उनले प्रधानमन्त्रीसम्मलाई त्यसविषयमा असन्तुष्टि व्यक्त गरीसकेका छन् ।

अधिकारको क्षेत्रलाई लिएर दुई संगठनबीच सशस्त्रको स्थापनाकालदेखि नै सम्बन्ध राम्रो छैन । जनमानसतमा पनि सशस्त्र प्रहरी भ्रष्ट संगठनका रुपमा चिनिन्छ । तर पनि सशस्त्रले माथिल्ला अधिकारीहरु र मिडियालाई खुशी बनाएर आफु अनुकुलका निर्णय गराउदै आएको छ ।

Post a Comment

0 Comments