Subscribe Us

बिमानस्थलमा निलो प्लेटवाला ट्याक्सीको दादागिरी,
निजी सवारीको चालकमाथी खुकुरी प्रहार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निलो प्लेटका ट्याक्सी चालकको आपराधिक समुहले निजी सवारी साधनका चालकलाई प्रहरीकै सामुन्य खुकुरी प्रहार गरेका छन् ।

 विदेशबाट आएका आफन्त लिन पुगेका  गैरी धाराका मधुसुदन पौडेललाई विमानस्थल हवाई यातायात यात्रुसेवा लिमिटेडका सदस्य राजकुमार गुरुङको समुहले खुकुरी प्रहार गरेका हुन् ।

 उच्च सुरक्षाव्यवस्था रहेको त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमै भएको उक्त घटनाले बिमानस्थलको सुरक्षा कमजोर भएको पुष्टि समेत गरेको छ । शुक्रबार साँझ ७ बजे निजी गाडी लिएर आफन्त कुरिरहेको अवस्थामा प्रहरीकै सामुने गुरुङको समुहले पौडेलमाथि  ज्यानमार्ने मनसाय लिई दाहिने हातमा प्रहार गरेको पीडितका आफ्न्तले बताएका छन् ।
Add captionनर्भिक अस्पतालमा उपचार मधुसुदन पौडेल

 रातो प्लेटको ट्याक्सी विमानस्थलभित्र चलाएको भन्दै गुरुङक समुहले खुकुरी प्रहार गरेको डिउटीमा रहेको एक प्रहरीले बताएका छन् । खुकुरी प्रहारबाट पौंडेलको हातमा गहिरो चोट लागेका र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको स्वतन्त्र यातायात मजदुर संगठनले जानकारी दिएको छ ।

हरियो प्लेटवाला पर्यटन ट्याक्सी चलाइरहेका गुरुङ आवद्ध विमानस्थल हवाई यातायात यात्रुसेवा लिमिटेडले मिटर ट्याक्सीमा चढ्न चहाने यात्रुलाई समेत धम्क्याउदै आएको स्रोतले बतायो । हरियो प्लेटवाला ट्याक्सीवालाले विमानस्थलमा दादागिरी गरेको पुष्टि समेत यो घटनाले गरेको छ । 

हवाई यात्रु सेवा लिमिटेडले १० जनाको आपराधिक समुह बनाएर बिमानस्थलमा गुण्डागर्दी सञ्चालन गर्दै आएको आरोप अन्य मजदुरले लगाएका छन् । खुकुरी प्रहार गर्ने गुरुङलाई  प्रहरी पक्राउ गर्न सफल भएपनि उनका सहयोगी भने बिमानस्थलबाट फा्ग्न सफल भएका छन् । त्रिभुवन विमानस्थलको सुरक्षा डिआईजी बिजयलाल कायस्थाले गर्दै आएका छन् । घटनापछि अन्य ट्याक्सी चालकहरुले सुरक्षाको माग गरेका छन् ।

Post a Comment

0 Comments