Subscribe Us

रेष्टुरेन्टमा आउने ग्राहकसँग चन्दा असुलेको छैनः चौधरी

काठमाडौं । बिपत्ती पर्दा आफ्नालाई आफ्न्त नै काम लाग्छ भने झै बर्षै देखी बिदेशमा व्यापार तथा रोजगारमा रहेका एक नेपालीले आफ्नो आयस्रोतबाट लाखौं रुपैंयाको राहत बाँडेका छन् ।

 गत १२ बैशाखमा गएको शक्तिसालि भूकम्पको कारणले पिडित बनेका नेपाली दाजुभाईलाई युईएमा कार्यरत रामभबन चौंधरीले १२ लाख बराबरको राहत सिन्धुपाल्चोक जिल्लामा बितरण गरेका हुन ।
 चौधरीले नेपालमा गएको विनाशकारी भुकम्पबाट पिडित नेपालीलाई दिल खोलेर सहयोग गरेका छन् . उनले करिब १२ लाख बराबरको राहत सामग्री वितरण गरेका हुन ।

 चौंधरीले तातोपानी नजिकको पुलपिङकट्टि गाविसका वडा नं १ देखी ५ सम्मका वडाका साढे ४ सय परिवारलाई राहत बाँडेको स्थाईनियले बताएका छन् । राहत प्याकेजमा टेन्ट, ब्याल्यांकेट र एक महिनालाई पुग्ने चामल, दाल, चिउरा, नुन, तेल, भुजिया रहेको चौधरीका सहयोगी तथा सिन्धुपाल्चोकका होटल व्यावसायी हेम गुरुङले जानकारी दिए ।

 गुरुङका अनुसार राहतका साथै ४ जना अमेरिकन डाक्टरसहितको टोलीले तीन वडाको बासिन्दाको स्वास्थ्य जाँचसमेत गराईएको थियो । गुरुङले मोतिलाल मेमोरयिल ट्रष्टमार्फत् राहत बितरण र स्वास्थ सिबिर सञ्चालन गरेका थिए । चौंधरीले अझै पिडित पहिचान गरि राहत वितरण गरिने जानकारी दिएका छन् । 

 युएईमा डाँफे र नेपाली प्यालेस रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चौंधरी माइग्रेट जेनेरल ट्रेडिङ कम्पनि पनि चलाउँदै आएका छन् । चौंधरीले आफ्नोे रेस्टुरेन्टको एक साताको सम्पूर्ण आम्दामी भूकम्पपीडितहरुलाई राहत स्वरुप बितरण गरेको जनाएका छन् । तर एक दुई वटा ब्यालमेलर प्रत्रकारले युएईमा कर्यारत नेपालीसँग पैसा उठाएर चौंधरीले खाएको भन्ने समाचार प्रकाशित गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छन् । चौंधरीले समाचारमा उल्लेख भएको जस्तो रेष्टुरेन्टमा आउने ग्राहकसंग चन्दा नमागेको दाबी गरेका छन् ।

Post a Comment

0 Comments