Subscribe Us

समाज कल्याणले खरिद गरेको सामग्री गुणस्तरहिन,
बाणिज्य विभागले गर्यो गोदाममा सिलबन्दी

काठमाडौ । भुकम्प पीडितको लागि राहत वितरण गर्न भन्दै समाज कल्याण परिषदले खरिद गरेको राहत सामग्री गुणस्तरहिन  भएको प्रमाण फेला परेको छ । समाग्री गुणस्तरहिन भेटिएपछि बााणिज्य विभागको टोलीले तत्कालको लागि वितरणमा रोक लगाउँदै गोदममा शिलबन्दी गरेको छ ।

विभागले अनुगमन गर्दा परिषदले खरिद गरेको सम्पूर्ण चामलमा उत्पादक,उत्पादन मिति, ब्याच नम्बर, उपभोग्य मिति, मुल्य केही पनि उल्लेख नपाईएको अनुगमन कर्ताहरुले  बताएका छन् । 

 कालो बोरामा प्याक गरेर राखिएको चामल खोलेर हेर्दा खुल्ला आखाँले समेत कम गुणस्तरको भएको पाईएको बिभागको दाबी छ । त्यस्तै परिषदले खरिद गरेको त्रिपाल समेत पातलो छ्याङछ्याङे, पानी समेत छेक्न नसक्ने खालको रहेको छ । विभागको टोलीले ती सामग्री भण्डारण गरिएको भृकुटी मण्डप स्थित गोदमा शिलबन्दी गरेको छ ।

भुकम्प पीडितको लागि सहयोग गर्न समाज कल्याण परिषदको उपकार कोषमा रहेको करिब २ करोड ९० लाख रुपैया कमिसनको लोभमा राहत कोषमा नदिई आफै राहत सामान खरिद गर्ने निर्णय गरेको भन्दै कर्मचारीहरुले नै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका थिए ।

सो रकमले त्रिपाल, चामल, दाल, रुमाल, साबुन र नुन खरिद गरि राहत वितरण गर्न परिषदको बोर्डबाट स्विकृत गराई तत्काल सामान खरिद गर्न आर्थिक प्रशासन नियमावलीको खरिद सम्बन्धी नियम नै संसोधन गराई २४ घण्टाभित्र खरिद गर्नसक्ने ब्यवस्था गरिएको थियो ।

Post a Comment

0 Comments