Subscribe Us

देश भिख माग्दै, मेनपावर व्यवसायीहरु मदिराको खोलो बगाउँदै

काठमाडौं । भूकम्पपछि पुनः निर्माणका लागि देशले बिदेशीहरुलाई बोलाएर सहयोग मागिरहेका बेला, केही व्यवसायीहरु भने दैनिक मदिरा पार्टी गरेर लाखौं उडाइरहेका छन् । मेनपावर व्यवसायीहरुको चुनावमा यसरी मदिराको खोलो बगाउने काम भइरहेको छ । 

बैदेशिक रोजगार व्यवसायीहरुको संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि आगामी १७ गते चुनाव हुन गइरहेको छ । चुनावमा तीन वटा समूहले प्यानलको घोषणा गरीसकेका छन् । तीनै वटा प्यानलले एक सातायता दैनिक जसो मदिरा पार्टी दिइरहेका छन् । एकैदिनमा एक प्यानलले १० लाख भन्दा धेरै खर्च गरिररहेका छन् ।

एमालेको समर्थनमा सरोजकुमार पोखरेल तथा कांग्रेस निकटका दुई प्यानलले चुनावको घोषणा गरीसकेका छन् । कांग्रेसको आधिकारीक रुपमा विमल ढकालको नेतृत्वमा प्यानल बनेको छ भने किरण किशोर घिमिरेको नेतृत्वमा अर्काे प्यानलको घोषणा भएको छ । तीनै वटा प्यानलले पार्टी प्यालेसलाई कार्यालय बनाएर प्रचारको नाममा लाखौं खर्च गर्दै आएका छन् । 

पोखरेलको प्यानलले बत्तीपुतलीस्थित अल्पाइन फुडल्याण्डमा कार्यालय राखेको छ । त्यस्तै ढकालको प्यानलले तीनकुनेस्थित रोयल बैंकेट तथा घिमिरेको प्यानलले हिमालयन होटललाई आफने अखडा बनाएका छन् । पार्टी प्यालेस तथा विभिन्न रेष्टुरेन्टमा राती अबेरसम्म पार्टी चल्ने गरेको छ । मदिरा पार्टी दिएर चुनाव जित्ने दाउमा उम्मेदवारहरु लागेका छन् ।

सरकारले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न पटक पटक सहयोग गर्दा पनि व्यवसायीहरुले खासै चासो देखाएका छैनन् । तर चुनावमा भने भड्किलो खर्च गरेका छन् । देश विपद्मा रहेको बेला यसरी महंगा मदिराको खोलो बगाएर हरेक दिन पार्टी दिनु गलत भएको आवाज व्यवसायीभित्र उठ्न थालेको छ

Post a Comment

0 Comments