Subscribe Us

एआईजीलाई बदनाम गराउन भारतीय मिडीयाको दुरुप्रयोग

काठमाडौं । नेपालमा गएको विनाशकारी महाभूकम्पपछि भारतीय सञ्चारमाध्यहरु नेपालमा चलचित्रको छायांकन गर्न आए जसरी प्रस्तुत भएका कारण निकै आलोचित बने । जसले गर्दा भारतीय सञ्चारमाध्यम विरुद्ध सामाजिक सञ्जाल भरी भाइरल नै फैलियो । 

कुनै न कुनै रुपमा बेला–बेलामा नेपालका उच्च व्यक्तित्व र नेपालीहरुको बद्नाम गर्न खप्पिस भारतीय सञ्चारमाध्यमको कोपोभाजनमा परेका छन् पछिल्लो समय नेपाल प्रहरीमा अब्बल दर्जाको हैसियत बनाएका एआईजी रमेशशेखर बज्राचार्य ।

 उनी अनाहकमा भारतीय अंग्रेजी दैनिक ‘हिन्दूस्तान टाइम्स’ बाट हैरानी खेपिरहेका छन् । हिन्दूस्तान टाइम्सको लखनउ संस्करणमा  गत मे २२ तारिखमा प्रकासित समाचारमा एआईजी बज्राचार्यविरुद्ध नेपालबाट अवैध रुपमा नक्कली भारतिय रुपैंया तस्करी गर्ने समूहलाई प्रत्यक्ष सहयोग पु-याएको गम्भिर आरोप लगाइएको छ ।

१३ फेबु्रअरी २०१५ मा २३ लाख अवैध भारतीय रुपैया“सहित पक्राउ परेका नेपाली नागरिक जावेद एकवालले अनुसन्धानका क्रममा ‘एन्टि टेरोइष्ट स्क्वाड (एटिएस) लखनउलाई एआईजी बज्राचार्यको गाडीमा नक्कली भारतीय रुपैया  विरगञ्जबाट सुनौली नाका पास गराएको बयान दिएको भन्दै हिन्दूस्तान टाइम्सले समाचार प्रकाशित गरेपछि त्यसको विश्वसनियतामाथि नै शंका उब्जिएको हो । तिनै व्यक्तिको हवाला दिएर नेपाल प्रहरीका ४० प्रतिशत कर्मचारीहरु नेपालबाट नक्कली भारतीय नोट तस्करीमा सघाउने गरेको पनि समाचारमा उल्लेख छ ।

पहिलो कुरा त, तीन महिनाअघि २३ लाख नक्कली भारतीय रुपैया सहित पक्राउ परेका एकवालको बयानको हवला दिंदै अहिले आएर समाचार प्रकाशित गर्नु पूर्वाग्रही र नेपाल प्रहरी संगठनकै बद्नाम गरेको स्पष्ट हुन्छ । जबकी २४ मे मा भारतीय प्रहरीले पत्रकार सम्मेलन गरी एकवाल पक्राउ परेको जानकारी गराएको थियो भने २५ मे मा जागरण दैनिकलगायतका भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । त्यतिखेर कुनै पनि सञ्चारमाध्ययमा नेपाल प्रहरीका कुनै पनि अधिकारीको नाम उल्लेख गरेका थिएनन् ।

त्यस्तै, अनुसन्धानमा संलग्न कुनै पनि प्रहरी अधिकृतहरुको भनाई समेत नराखी एकतर्फी समाचार प्रकाशित गरिएको छ भने एआईजी बज्राचार्यसँग बुझ्ने प्रयास नै नगरिएको हुँदा  उक्त समाचार सरासर झुटो र बदलाको भावनाले प्रेरित भएर प्रकाशित गरिएको स्पष्ट हुन्छ । अर्कोतर्फ यति ठूलो मुद्दामा नेपाल सरकारको उच्च अधिकृत मुछिएका हुन् भने किन सरकारबाट छानविन भएन ।

 त्यस्तै भारतीय दूताबासले समेत झुटो समाचार भएकोले कुनै प्रतिक्रिया दिएको छैन । सुनौली नाकाबाट एआईजीले उक्त गाडी छिराएको भए त्यसको सबै रेकर्ड भारतीय प्रहरीसँग हुने हुँदा  किन त्यसको सार्वजनिक गरिएन, उक्त गाडीको नम्बर कति हो, कहिले गाडी पास भएको थियो ? यस्ता अनगिन्ती प्रश्नले एआईजी बज्राचार्यविरुद्ध सुनियोजित ढंगले बद्नाम गराउन खोजिएको पुष्टि हुन्छ ।

स्रोतका अनुसार एटिएस लखनउका आईजीपी राम कुमारसँग नेपाल प्रहरीले यसबारेमा जानकारी लिइसकेको र एआईजी बज्राचार्यको यसमा कुनै संलग्नता नरहेको खुलिसकेको छ । एआईजी वज्राचार्ययले भने समाचारले आफ्नो चरित्र हत्या भएको बताउँदै  छानविनका लागि आईजीपीको सचिवालयमा निवेदन दिएको यूनाइटेड पोष्टसंग बताए । नेपाल प्रहरीले हरेक बर्ष दजनौं ठूला अपराधीहरुलाई पक्राउ गरी गोप्य रुपमा भारतीय प्रहरीलाई बुझाउँदै  आएको छ । 
 
भारतीय नक्कली रुपैयाको कारोबार रोक्न नेपाल प्रहरीको बिशेस  ब्यूरो लगायतका यूनिटहरु सक्रिय छन् । तर अपराध अनुसन्धानका कुरामा दुई देशका सुरक्षा  निकायबीच समन्वय नभएको हो वा प्रहरी संगठनकै कुभलो चिताउने कसैले भारतीय सञ्चारमाध्यमलाई दुरुपयोग गरेको हो, त्यसको बारेमा नबुझि एउटा करिअर बोकेको एआईजीलाई बद्नाम गर्नुलाई कत्तिको जायज मान्न सकिन्छ ? प्रहरीकै एक उच्च अधिकारी प्रश्न गर्छन् । -यूनाइटेड पोस्ट साप्ताहिकबाट -

Post a Comment

0 Comments