Subscribe Us

कर्नेलको छोराको कारण व्यापारीको बिचल्ली

काठमाडौं । कर्नेलको छोरा हुँ भन्दै आधा दर्जन भन्दा बढी युवतीलाई श्रीमती र प्रेमीका बनाएर करोडौं ठगी गर्न सफल सागर श्रेष्ठले अहिल अन्य सर्बसाधरण र व्यापारीको करोडौं रुपैंया ठगी गरी फरार भएका छन् ।
 श्रीमती बनाई पिर्या लामासंग ठगी गर्न सफल श्रेष्ठले प्रमिका बनाई भाबना गुरुङसंग लाखौं रुपैंया ठगी गर्ने सफल भएको चर्चा बजारमा छ । पछिल्लो पटक श्रीमती र प्रमिकाबाट अलक भएका श्रेष्ठले एक दर्जन भन्दा बढी व्यापारीलाई महंगो व्याज दिने प्रलोेभनमा ठगी गर्न सफल भएका छन ।
 श्रेष्ठबाट ठमेलका वांग्दु शेर्पा, बाबु, पोखराका महेश्वर श्रेष्ठ, भाटभटिनी सुपर मार्केट र केहि बैंङलाई समेत उनले ठग्न सफल भएका छन् । स्रोतका अनुसार श्रेष्ठले वाग्दुलाई ५ लाख, पोखराको श्रेष्ठलाई ९ लाख र बाबुलाई ३ लाख र बुडानिलकण्डका दिपकसिंह खडायकलाई ठगी गरी सम्पर्क बिहिन भएपछि रुपैंया लगानी गर्नेहरु उनलाई खोजेरै दिन बिताउन थालका छन् । ठगी गरेरै भएपनि आफ्नो असमित ईच्छा पुरा गर्ने श्रेष्ठले रोजी छाडी गाडी चड्नको लागी बैंकलाई समेत डुबाएका छन् ।
 उनले गरीमा बैंकबाट माच्दा गाडी लोनमा निकाली किस्ता र व्याज नतिर्दा बैंकले समेत गाडी खोजीदिने प्रहरीलाई गुहारेको बैंकका एक अधिकृतले बताएका छन् । त्यसतै उनले नारायणी नेशनल फाईनान्सबाट निकालीएको गाडीको  किस्तासमेत नतिरी फरार भएको स्रोतले बतायो । त्यतिमात्र नभई श्रेष्ठले आफ्नो असमित ईच्छा पुरा गर्न हुनेखाने परिवारको युबतीलाई ग्रर्लफेन्ड र श्रीमती बनाउने भन्दै ठग्ने गरेको उनलाई नजिकबाट चिन्ह्ेले बताएका छन् । 
श्रेष्ठले दुई श्रीमतीसँग डिभोर्स नै गरिसकेका छन् भने आधा दर्जनलाई ग्रर्लफेन्ड बनाएर ठगी गरिरहेको उनी निकट सोतले बतायो । पहिलो श्रीमती पिर्या लामासंग अदालमा चलेको मुद्दा उनले चार महिना अगाडी हारी सकेका छन् । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले सात लाख जरिवाना समेत गरेको छ । उनले अदालतको फैसाला कार्यान्यवन नगरी पिर्यालाई झुलाउदै डिड्ने र अदालतको जरिवानासमेत नभेरेका कारण उनलाई चाँडै पक्राउ गर्ने अदालत स्रोतले बताएको छ । श्रेष्ठले आफूलाई सेनाको कर्नेलको छोरा तथा बिबादास्पद ब्यक्ति सहदेब कक्षपतिका भान्जा भएको बताउँदै ठगी गर्ने गरेको स्रोतको दाबी छ । 
गत बर्ष श्रेष्ठले मेक्सीकन नागरिकलाई साथी बनाएर चेक चोरी गरी २५ लाख ठगी गरेको भन्दै प्रहरीलाई भ्रममा पार्न हनुमानढोकामा उजुरी हालेका थिए । पक्राउ परेका मेक्सीकन नागरिकले चेक चोरी भएको प्रहरीमा उजुरी दिईसकेका भएपनि प्रहरीले मेक्सीकन नागरिकलाई गलत ठहर गर्दै मुद्दा चलाएको थियो । तर, उक्त मुद्दामा अदालतले मेक्सीकन नागरिकबाट ठगी नभएको फैसला गरेपछि मेक्सीकन नागरिकले उन्मुक्ति पाएका थिए ।

Post a Comment

0 Comments