Subscribe Us

श्रीमती कुट्ने पोखरेलले फसाए प्रहरी, स्वयम्भु बृत्तमा १४ लाखको खेल

काठमाडौं । बिभिन्न बहानामा मायाँको जाल बुनेर युवतीलाई फसाउँदै आएका हरि पोखरेल प्रहरीलाई समेत फसाउन सफल भएका छन् ।
 श्रीमतीलाई कुटेर फरार भएका पोखरेलले महानगरिय प्रहरी  बृत्त स्वयम्भुका ईन्सपेक्टर पदमराज जोशीलाई एक लाख घुस कान्डमा फसाउन सफल भएका छन्।  श्रीमती कुटपिट गरेको आरोपमा प्रहरीले खोजी रहेका  पोखरेलले मुद्दा मिलाउनु पर्यो भन्दै  ईन्सपेक्टर जोशीलाई एक लाख घुस दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभाबमा पारी फसाउन सफल भएको प्रहरीमा चर्चा छ  । 

मुद्दा मिलाउन प्रहरीले एक लाख घुस मागेको भन्दै अख्तियार मा उजुरी गर्न पुगेका पोखरेल आयोगकै योजना अनुसार स्वयम्भु बृत्तका ईन्सपेक्टर जोशीलाई एक लाख बुजाउन ब्रज हाृेटल पुगेका थिए । 

पैसा बुझ्ने बित्तिकै जोशीलाई अख्तियारबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उजुरी कर्ता प्रहरीको खोजीको सुचिमा रहेका पोखरेल उनै हुन जो कान्तिपुर टेलीभिजनमा क्विज म्यानिया सञ्चालक हुन । उनले नयाँ नयाँ युवतीहरुलाई बिभिन्न बहानामा फसाउदै आएको समाचारहरु प्रक्राशित हुँदै आएका छन् । पोखरेल बिरुद्ध श्रीमतीलाई कुटपिट गरेको बिषयमा स्वयम्भु बृतले तिन साता देखी उनको खोजी गरेको थियो । 

 पीडित श्रीमतीले प्रहरीमा उजुरी नदिए पनि प्रहरीले घटनास्थल मुचुल्का उठाई पोखरेले प्रयोग गर्ने भग्सवागेनकोे कार नियन्त्रणमा लिएको थियो। उक्त कार निकाल्न ईन्सपेक्टर जोशीले पोखरेलसँग पैसाको डिल गरेको पोखरेलको आरोप छ  । 
यो पनि पढ्नोस,http://www.aparadhkhabar.com/2015/06/blog-post_6.html क्विज म्यानिया चलाउनेलाई कलिला केटी त देख्नै नहुने
क्विज म्यानिया चलाउनेलाई कलिला केटी त देख्नै नहुने - See more at: http://www.aparadhkhabar.com/2015/06/blog-post_6.html#sthash.IrBqP99v.dpuf

एक साता अघिमात्र
स्वयम्भु बृत्तमा १४ लाखको डिल गरी प्रहरी सरकारी वकिलको मिलोमत्तोमा ज्यानमार्ने उद्योग मुद्दाका अभियुक्तलाई उनमुक्ति दिन काम भएको थियो । ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ परेका स्वमभू क्षेत्रका उदयमान गुण्डा काभ्रेका कान्छा लामा र अर्का एक व्यक्तिलाई स्वमभू प्रहरीले मुद्दा फितलो बनाई अदालतबाट ३० हजार धरौंटीमा छाड्न मिल्न गरी अभियोजन गरेको स्रोतको दाबी छ ।

 पीडित बनेका व्यक्तिलाई ५ लाख दिएर पक्राउ परेका व्यक्तिले खुकुरी प्रहार नगरेको कागज गराई मुद्दा फितलो बनाएको स्रोतले बतायो । पाँच लाख पीडितलाई बाँकी प्रहरी र सरकारी वकिलले भोगशान्ती गरेको चर्चा प्रहरी सर्कलमा छ ।

Post a Comment

0 Comments