Subscribe Us

यि हुन सिन्धुपाल्चोकका खुङ्खार डाँका

काठमाडौं । जिल्लाको कोदारी क्षेत्रमा यस्ता एक व्यक्ति छन् जसको धन्दा अबैध बस्तुको लुटपाट गर्ने र जुवा तास खेलेर रमाउनु हो । तिन बर्ष अघिसम्म कोदारी क्षेत्रमा लामाको काम गर्दै हिड्ने सुरेश बाहादुर लामा अहिले लुटपाट गरेरै करोडपति बनेका छन् । अबैध सामानको क्यारिङ गर्ने सुरेश अहिले तस्करीका सुन र डलर लुटेर राजधानीका आधा दर्जन ठाउँमा घडेरी खरीद गर्न सफल भएका छन् ।

 लामा काम छोडेर सुरेश अहिले लुटपाटबाट कमाएको कालो धनले बौद्ध क्षेत्रमा जुवा तास खेलेर दिन बिताउने र रात परेपछि कान्छीको भट्टीमा रमाउँदै आएकोे उनी निकट स्रोत बताउँछ । सुनका क्यारिङवालासंग मिलेर लामाले प्रहरीलाई केहि मात्रामा सुन पक्राउ गराउने र अरु भाग लगाएर खार्दै आएका छन् । 

१० किलो सुन क्यारिङको जिम्मा पाए सुरेशले भरियालाई ४ किलो क्यारिङ गर्न लगाउने र आफै प्रहरीलाई सुचना दिएर पक्राउ गर्ने र सबै सुन भरिया र प्रहरीले खायो भन्दै सुनका मालिकलाई मुुर्गा बनाउदै आएका थिए । पछिल्लो समय अबैध सुनका मालिकले सुरेशको असलि धन्दा थाहापाएपछि उनलाई क्यारिङको जिम्मा दिन छाडेका छन् ।

 सुन तस्करलाई मुर्गा बनाएपछि केहि अबैध सुनका मालिकले सुरेशको ज्यान लिने धम्कि समेत दिएको उनि निकट स्रोत बताउँछ ।  अबैध सुनका मालिकले ज्यानमार्ने धम्कि दिएपछि सुरेश अहिले सिन्धुपाल्चोक छाडेर काठमाडौंमा बस्दै आएका  छन् । 

पौसको भरमा सुरेशले अहिले एक गुरुङ थरकी अर्काकी श्रीमतीलाई आफ्नो बनाउने प्रयासमा लागेका छन् । सिन्धुपाल्चोेक प्रहरीेले समेत यिनलाई बिषेश निकरानी राखेर खोजि सुरु गरेपछि सुरेश अहिले काठमाडौं बस्न थालेका हुन ।

Post a Comment

0 Comments