Subscribe Us

नेपाली विद्यार्थीलाई बेलायतमा अलपत्र पार्दै कन्सल्टेन्स

काठमाडौं । नेपालमा च्याउ उम्रेसरी उम्रिएका शैक्षिक परामर्श दाता (कन्सल्टेन्सी) का कारण बेलायतमा सयौं नेपाली बिद्यार्थी अलपत्र परेका छन् । 

अध्ययनको लागि बेलायत पठाउने यस्ता परामर्श दाता कम्पनीले कमिशनको लोेभमा नेपाली बिद्यार्थीहरुलाई कोठे कलेजमा भर्ना गराई ठग्ने गरेको पाईयो । जसका कारण सयौं नेपाली बिद्यार्थीहरु बर्षेनि अलपत्र पर्ने गरेका छन् । 

बेलायत सरकारले बेला–बेलामा शैक्षिक मापदण्ड पूरा नगरेको भन्दै लण्डनका कलेजहरुलाई खारेज गर्दै आएको छ । पछिल्लोे समय लण्डनमा रहेको फाइनान्स एण्ड टेक्नोलोजी इस्टिच्युट अफ लन्डन कलजेले मापदण्ड पुरा नगरेको भन्दै लण्डन सरकारले अघिल्लो साता निलम्बन गरेपछि सयौं बिद्यार्थीको बिचल्ली भएका छ । 

सरकारले कलेजको सम्बन्धन खारेज गरि दिएपछि सो कलेजमा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । बेलायतको होम अफिसले सो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई ६० दिनको समय दिएर अर्को कलेज खोज्न वा स्वदेश र्फकन आदेश दिएको समाचार बाहिर आएको छ । कलेजको सम्बन्धन खारेज भएपछि कलेज व्यवस्थापनले शुल्क फिर्ता दिने नीति नभएको भन्दै  सयौं बिद्यार्थीलाई अलपत्र पारेको पीडित विद्यार्थीको गुनासो छ । प्रतिव्यक्ति चार हजार सात सय पाउण्ड शुल्क लिएर विद्यार्थी भर्ना गरेको सो कलेजले खारेजीपछि पनि उक्त शुल्क फिर्ता गर्न कुनै प्रक्रिया सुरु गरेको छैन ।

विद्यार्थीले तिरेको शुल्क फिर्ता नपाए नेपाल आउन वा अर्को कलेजमा भर्ना गर्न सक्ने अवस्था नरहेको पीडित विद्यार्थीको भनाई छ । ठूला घरमा एक दुई वटा कोठा भाडामा लिई ब्रोसरमा पूरै घर र कम्पाउण्डको फोटो हालेर यस्ता कलेजले बिदेशी बिद्यार्थी ओसार्दै आएका छन् । र, च्याउ उम्रेसरी उम्रेरिएका परामर्श दाता कम्पनीहरुले पनि यस्ता कलेजबाट कमिशन धेरै कुम्लाउन पाउने भएपछि नेपाली बिद्यार्थीलाई त्यस्ता कलेज सिफारिस गर्ने गरेको आरोप लाग्दै आएको छ । ट्युसन सेन्टर झै सुविधा नै नभएका ति कलेजहरुले बेलायती शिक्षाको नाममा नेपाली तथा एसियाका सयौं विद्यार्थीलाई ठगी गर्दै आएका छन् । सात बर्ष अघि मापदण्ड पूरा नगरेका पाँच सय त्यस्ता कलेज बेलायत सरकारले खारेज गर्दा हजारौं बिद्यार्थीको अबौं रुपैंया डुबेको थियो । 

कलेज निलम्बनमा परेपछि नेपाली विद्यार्थी भर्ना गर्ने एजेन्ट समेत फरार भएका छन् । आईतवारसम्म एक सय भन्दा बढी विद्यार्थी अलपत्र परेको थाहा भएको छ । यो क्रम अझै बढ्न सक्ने बताइएको छ । नेपालबाट शिक्षा मन्त्रालयले समेत हचुवाको भरमा कलेजको अवस्था, कानुनी हैसियत नबुझी अनुमति दिने भएकाले बर्षिने बिद्यार्थीहरु ठगिदंै छन् । केही महिनाअघि नेपाली, भारती र बंगलादेशीद्वारा सञ्चालित साउथ लन्डन कलेजको लाइसेन्स खारेज हुँदा पनि सयौं नेपाली विद्यार्थी अलपत्र परेका थिए ।

Post a Comment

0 Comments