Subscribe Us

पक्राउ परे लुटेरा समुह, नगद देखी मोटरसाईकल र गाडी समेत निशानामा

काठमाडौं । गत माघ २१ गते बानेश्वरस्थित ग्लोबल आइएमई बैंकबाट रकम निकालेर निस्कँदै गरेकी काठमाडौं कलंकी निवासी सरस्वती आचार्यको झण्डै १९ लाख रुपैंया लुटियो । एका बिहानै उक्त रुपैंया लुटपाट भएपछि राजधानीमा खैल्ला बैल्ला मच्चियो । महानगरीय प्रहरीले लुटेरा पक्राउ गर्न ठूलै शक्ति परिचालन गर्यो । तर लुटेराको कुनै सुराक फेला परेन् ।

 बानेश्वर, सिनामंगल क्षेत्रमा गुण्डा गर्दी गर्ने देखी लिएर लुटपाटको आरोपमा पहिला पनि पक्राउ परेका तथा जेलमा बसेर आएका एक दर्जन लुटेराको समुहलाई नियन्त्रमा लिई अनुसन्धान गर्यो तर हातमा केही लागेन । तर प्रहरीको अनुसन्धान जारी थियो । उपत्यकामा भएको अपराधको अनुसन्धान गर्न जिम्मा पाएको महानगरीय अपराध महाशाखा टेकुमा चोरी शाखामा कार्यारत डीएसपी ओम अधिकारीले भने हरेस भने खाईनन् ।

 अन्ततः पाँच महिनामा डीएसपी अधिकारीको टोलीले लुटेरा पक्राउ गरी सफलता हात पार्यो । अनुसन्धानको क्रममा पक्राउ परेका लुटेरा ठूलै गिरोह भएको रहस्य खुलासा भयो । गिरोह काठमाडौं उपत्यकामा मोटसाइकल, गाडीदेखि नगद लुटपाट गर्दै आएका लुटेराहरु भएको महाशाखाले जनाएको छ । पक्राउ परेका लुटेरा समुहलाई महाशाखाले मंगलवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बाका सागर भन्ने टिका थापा मागर, रामेछाप हिलेदेवीका प्रकाश भन्ने तेजबहादुर तामाङ र चितवनका प्रेम महतो चौधरी छन् । अपराध महाशाखाका अनुसार टिका र तेजबहादुर विभिन्न आपराधिक घटनामा फरार अभियुक्त समेत हुन् । यी दुवैजनाले यसअघि पनि डाँका मुद्दामा पक्राउ परेका थिए ।

टिका र तेजबहादुरले गत माघ २१ गते बानेश्वरस्थित ग्लोबल आइएमई बैंकबाट रकम निकालेर निस्कँदै गरेकी काठमाडौं कलंकी निवासी सरस्वती आचार्यको झण्डै १९ लाख लुटेर फरार भएका थिए । यहि गरोहले काठमाडौं कपनको तेन्जिङ चोकमा हिडिरहेको बेला प्रेरणा राईको साथबाट १ लाख ५५ हजार रुपैयाको ब्यागनै लुटेको थियो । अन्य धेरैको नगद र गरगहना लुटेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने उनीहरुले चितवन लगेर बेच्ने गरेका थिए । चितवनका एजेन्ट प्रेमले आइएमईबाट पठाएको पैसा लिन गएको बेला टिका र तेजबहादुरले सरस्वतीलाई देखेका थिए । एकै पटकमा धेरै पैसा निकोलेको देखेपछि एकसातादेखि नै उनीहरुले सरस्वतीलाई पछ्याएको खुलेको छ । गत माघ २१ गते सरस्वती रकम निकालेर बाहिर स्कुटर चढ्ने क्रममा लुटपाट भएको थियो । महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार उनीहरुले लुटेको रकम मध्ये ७ लाख रुपैयाँ चितवनमा जग्गामा लगानी गरेको खुलेको छ ।

टिका र तेजबहादुरले चाबहिल भाटभटेनीबाट बोलेरो गाडी चोरेको पाइएको छ । विक्रीका लागि हेटौडा पुर्‍याएको उक्त गाडीका साथै बुलेटसहित सात थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । चोरीको गाडी तथा मोटरसाइकल विक्रीका लागि उनीहरुले नक्कली कागज पत्र समेत बनाउने गरेको पाइएको छ ।

कपनमा प्रेरणा राईका १ लाख ५५ हजार, बौद्धमा सुमित्रा अधिकारीको ६९ हजार २५०, बाफलमा सीता श्रेष्ठको सुनको सिक्री र बुद्धनगरमा उर्मिला कडेँलको २ तोलाको सुनको सिक्री टिका र तेजबहादुरले चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यो समूह बी एण्ड बी र पाटन अस्पताल, गोपीकृष्ण हल चाबहिल लगायतका स्थानमा मोटरसाइकल चोरीमा सक्रिय रहेको खुलेको छ ।

Post a Comment

0 Comments