Subscribe Us

जापन पठाउने नाममा ५ लाख ठग्ने कार्की प्रहरीको फन्दामा

काठमाडौं । बैदेशीक रोजगारको लागी बिदेश पठाउने बहानामा ठग्ने गिरोहको राजधानीमा सक्रिय रहेको छ । युरोपेली र अमेरीकन मुलक पठाउने र जाने नाममा दिनहुँ सयौं बिरोजगार युवाहरु ठगीदै आएका छन् । तरपनि सरकारले नियन्त्रणको लागी कुनै ठोस कदम भने चलाउन सकेको छैन् । सिन्धुपाल्चोक खाम्पाल ३ का प्रकाश बस्नेत जापान जाने रहर गर्दा पाँच लाख ठगीएका छन् । 

बस्नेतलाई वैदेशीक रोजगारीका लागी जापान पठाईदिन्छु भनी ठगी गर्ने ईभान सिंह कार्कि भने अहिले जेलको हावा खान थालेका छन् । कार्कीलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारवाहीको लागी महाशाखाले बैदेशिक रोजगार विभाग, तिनकुने पठाईएको जनाएको छ । 

बस्नेतलाई पाँच लाख ठगी फरार भएका कार्कीलाई महाशाखाको टोलीले वालुवाटरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा कार्किले विदेश पठाउने कुनै इजाजत नलिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्कि बैदेशिक रोजगार विभागबाट समेत फरारको सुचिमा थिए । उनले अरुलाईपनि बैदेशीक रोजगारको लागी बिदेश पठाउने नाममा ठगी गरेको जाहेरी बिभागमा परेको थियो ।

Post a Comment

0 Comments