Subscribe Us

कसरी चड्काए गौतमले ३४ करोड

काठमाडौँ । हिमालयन बैंकको ६ करोडको काण्ड सेलाउन नपाउँदै कृषि बिकास बैंकमा ३४ करोडको काण्ड जन्मीएको छ । 

हिमालय बैंकका कर्मचारी अनिश भक्त सुवाल पक्राउ परेको चार महिना नपुग्दै कृषि बिकास बैंकबाट फेरी ३४ करोड रुपैंया अपचलन भएको रहस्य खुलासा भएको छ । 

बैंकको स्वयम्भू शाखामा कार्यरत कर्मचारी केदार गौतमको आपराधिक गिरोहल उक्त रुपैंया अपचलन गरी फरार रहेको स्रोतले बतायो ।

 आपराधिक गिरोहका नाईके भने गौंतम रहेको बैंक स्रोतको दाबी छ । गिरोहले बैंकको साँझा आइडी प्रयोग गरेर उक्त रकम अपचलन गर्न सफल भएका थिए । बैंकले निज गौतम र उसँग संलग्न गिरोहको खोजी कार्य जारी राखेको जनाएको छ । 

हिमालयन बैंकबाट पनि सुवालले काडको प्रयोग गरी ग्राहकको खाताबाट ६ करोेड बराबरको रकम ठगी फरार भएका थिए । सुवाललाई चार महिना अघि महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरी ल्याएको थियो । पक्राउ परेका सुवाल हाल मुद्दा पुर्पक्षको लागी कारागारमा छन् ।

Post a Comment

0 Comments