Subscribe Us

उखु ब्यवसायीलाई न्यायाधीश सिफारिस !

काठमाडौं । राजनीतिक भागबण्डामा सहमति हुन नसक्दा बिगत चार महिनादेखि सर्बोच्च अदालतमा न्यायाधीश नियुक्त हुन सकेको छैन् । जसका कारण सेवाग्राही सेवा पाउनबाट बन्चित हुनु परेको छ । लामो समय र प्रयासपछि शुक्रवार बसेको न्यायपरिषद्को बैठक पनि बिबादमै सिमित भएको थियो । कुनै ठोस निर्णय नगरी न्यायपरिषद्को बैठक अनिश्चित कालको लागि बैठक टुङगीएको छ । बैठकमा कुनै निर्णय नहुदा सर्वोच्च अदालतलगायत मातहत अदालतमा न्यायाधीश नियुक्तिमा थप अन्यौल बढेको छ । 

शुक्रवार बसेको बैठकमा कानूनमन्त्री नरहरी आचार्य र प्रधान न्यायाधीशको प्रस्ताब बाजिएपछि बैठकले कुनै निर्णय लिन नसकेको हो । स्रोतका अनुसार सर्बोच्च अदालतको प्रधान न्यायाधीश रामकुमार प्रसाद साहले पुनरावेदनका कुनै एक मुख्य न्यायाधीशलाई सर्बोच्चको स्थायी न्यायाधीशमा नियुक्ति गर्न प्रस्ताब राखेका थिए । कानूनमन्त्री आचार्यले भने बारबाट नै स्थायी न्यायाधीश नियुक्ति गर्नु पर्ने अडान राखेका थिए । 

जसका कारण बैंठक बिबादित बन्ने पुगेको थियो ।  स्रोतका अनुसार अर्को बैठक कहिले बस्छ भन्नेमा अहिलेसम्म अतोपतो छैन । पा“च सदस्यीय परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष र सर्वोच्च अदलतका वरिष्ठ न्यायाधीश तथा कानुन तथा न्यायमन्त्री सदस्य हुने प्रावधान छ । परिषद्का पदाधिकारी खाली हु“दै जा“दा न्यायाधीश नियुक्ति प्रक्रिया पनि प्रभावित बनेको हो । हाल सर्वोच्च अदालतमा तीन स्थायी न्यायाधीश, पुनरावेदन अदालतमा २३ र जिल्ला अदालतमा एक न्यायाधीशको पदपूर्ति हुन बा“की छ ।

 यसैगरी, सर्वोच्च अदालतमै मुद्दाको चाप अनुसार केही अस्थायी न्यायाधीश नियुक्ति गर्न सकिने संबैधानिक प्रावधान भएतापनि पुनरावेदन अदालतमा यसअघि नियुक्त भएका २८ अतिरिक्त न्यायाधीशको जेठ २६ अगावै पुनःनियुक्ति गर्नुपर्ने अबस्था आएको छ । आगामी असार २३ मा प्रधान न्यायाधीशको पदावधि सकिने हु“दा न्यायाधीश नियुक्तिमा बिलम्ब भए २८ अतिरिक्त न्ययाधीशका साथै अन्य न्यायाधीश नियुक्तिमा समेत प्रभाव पर्ने देखिएको छ । उता बारमा बिबाद हुँदा बारले प्रतिनिधि पठाउन सकेको छैन्् । 

बारका सदस्यले राम्रालाई भन्दा हाम्रालाई सिफारिस गरेपछि उक्त समस्या सिर्जना भएको हो । बारका केद्रिन्य सदस्य बिनिता कार्कीले आफ्ना बुबा बेनिबहादुर कार्कीलाई न्यायाधीशमा सिफारिस गरेकी छिन् भने उनले अध्यक्ष हरिकृष्ण कार्कीको समूहको साथ र सहयोगमा आफ्ना बुबा न्यायाधीश हुनु पर्ने अडान राख्दै आएकी छिन् । पेशाले कानून व्यवसायी भएपनि बेनीबहादुर कार्की हाल उखु व्यापारी संघका अध्यक्ष छन् । बारको चुवावमा बारका अध्यक्ष कार्कीलाई चुनावमा आर्थिक सहयोग गरेकै कारण कार्कीको समूहमा बारका प्रतिनिधि कार्कीलाई पठाउने योजना रहेको स्रोतले बताएको छ ।

Post a Comment

0 Comments