Subscribe Us

ऋण नतिर्दा सुशील स्थापित पक्राउ

ललितपुर । हिमालयन बैंकको ऋण चुक्ता नगरेको आरोप प्रहरीले स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापितलाई सोमबार पक्राउ गरेको छ । 

बैंकका प्रबन्धक समिर आचार्यले दिएको जाहेरीको आधारमा  महानगरीय प्रहरी परिसर ललितपूरले स्थापित र सुष्मा ठकुरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका स्थापित र ठकुरीलाई प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

स्थापितले धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेडको पाटन शाखाबाट ऋण लिएका थिए ।  उक्त कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा दर्ता रहेको ललितपुर उपमहानगरपालिका–५ (म) स्थित कित्ता नम्बर २६६ मा भएको एक रोपनी जग्गा र सोही गाविस–१ बस्ने सुष्मा ठकुरीको नाममा रहेको ५(म) कित्ता नम्बर २६७ मा अवस्थित एक रोपनी जग्गा मञ्जुरीनामा लिएर कर्जा लिएको देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिएका छन् । 

    उक्त दुबै जग्गाको सेरेन कन्सल्ट प्रालिका कन्सल्टेन्ट सिद्धार्थ सागर श्रेष्ठले गरेको मूल्याङ्कन प्रतिवेदनको आधारमा २०६८ माघ १८ गते धितोसुरक्षण राखी रु ८० लाख कर्जा लिएको थियो । बैंकबाट लिएको कर्जाको अवधि समाप्त भएकाले पटक÷पटक कर्जा भुक्तानीका लागि सूचना जारी गर्दा समेत अटेर भएपछि सो जग्गा लिलामीका लागि सूचना प्रकाशित गरिएकोमा लिलामी हुनसकेको थिएन । सो जग्गाको स्थलगत निरीक्षणका क्रममा १२ आना जग्गा मात्र खोलाको डिलमा देखिएको र बाँकी जग्गा खोलामा परेको देखिएको प्रवक्ता थापाले बताए ।

Post a Comment

0 Comments