Subscribe Us

डीआईजी कायस्थ हटाएर डीआईजी सिलवाल पठाउने तयारी

काठमाडौं । अन्तराष्ट्रिय बिमानस्थलबाट नै प्रहरीको सेटिङमा मानवतस्करी भएको खुलासा भएपछि प्रहरी प्रधान कार्यालयले त्याँहाका डीआईजी बिजयलाल कायस्थालाई कारवाही स्वरुप सरुवाको तयारी गरेको छ । गत साता प्रहरी जवान ठाकुर घिमिरेले भारत हुदै इराक तस्करी गर्न लागेको ४ महिलाको राहदानी उड्न लागेको प्लेनमा पु¥याएपछि तस्करीमा प्रहरीको संगल्नता खुलासा भएको थियो ।

 तर मानब तस्करीमा संगल्न रहेको आशंका गरिएका डीआईजी कायस्था र अन्य प्रहरीलाई भने जोगाउने प्रपच्च रचिएको प्रधान कार्यालय स्रोतले बताएको छ । उक्त बिषयलाई लिएर बिभिन्न सञ्चारमाध्यमा टिका टिप्पणी हुन थालेपछि प्रधान कार्यालयले डीआईजी कायस्थालाई त्याँहाबाट हटाएर डीआईजी नबराज सिलवाललाई पठाउने तयारी गरेको स्रोतले बतायो । 

 राहदानी बिमानमा पु¥याउने सिपाही घिमिरेलाई सिआईबीले थुनामा राखेर मानव बेचबिखन मुद्दा चलाएपनि यस तस्करीमा संगल्न अरु कसैलाई पक्राउ गर्न भने सकेको छैन् । स्रोत भन्छ,‘ सिपाहीको मात्र मिलेमतोमा एयरपोर्टमा सेटिङ हुनै सक्दैन ।’ जेट एयरको उडानद्धारा भारतको नयाँदिल्ली जान लागेको अवस्थामा राहदानीसमेत भएका ४ महिला र नागरिकता मात्र भएका ४ पुरुष गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो

Post a Comment

0 Comments