Subscribe Us

साईबर युद्ध गर्दै चीन

काठमाडौं । विश्वमा सबैभन्दा शक्तिशाली राष्ट्र मानिएको मुलुक अमेरिका र चीनको सम्बन्ध कहिले पनि एकआपसमा राम्रो हुन सकेन । चिनिया“ सरकारले मोष्ट वान्टेड अपराधिको सूचीमा राखेका धार्मिक नेता दलाई लामालाई संरक्षण दिने कुरामा होस् वा लामालाई नोबल पुरस्कार दिने क्रममा नै किन नहोस् अमेरिका चीनको विरुद्धमा उभिएकै हो । 

अमेरिकी उक्त कदमको चीनले विरोध गर्न बेलाबेलामा कडा रुपमा प्रस्तुत हुने गरेको छ । यतिखेर दुबै शक्तिशाली राष्ट्र एक अर्काका जानी दुश्मन मात्र बनेका छैनन, चीनको अधिनमा रहेको भूमिमा जासुस विमान अमेरिकाले छिराएपछि चीनले बाध्य भएर पछिल्लो समयमा चेतावनी नै दियो । चीनले सूचना तथा प्रविधिमा फड्को मारेको छ । सोही प्रविधिको आडमा यतिखेर चिनिया“ गुप्तचरी संयन्त्रले अमेरिकालाई पनि हैरानी पारेको खबर बाहिर आयो । 

 चिनिया“ गुप्तचरी संयन्त्रले अमेरिकी सरकारी कर्मचारीको विवरण ‘ह्याक’ गरेको अमेरिकी सरकारले बताएपछि सूचना प्रविधिमार्फत दुई मुलुकबीच साईबर युद्ध चलिरहेको समेत पुष्टि भएको छ । अमेरिकी विश्लेषकहरुका अनुसार चीनले अमेरिकी सूचना ह्याक गर्ने काम गरिरहेको र त्यसको उपयोग भविश्यमा गर्न सक्ने उदेश्यले त्यस्ता तथ्याङक संकलन भइरहेको छ । तर, वासिङटनस्थित अनुसन्धान संस्था सेन्टर फर स्ट्राटेजिक एण्ड ईन्टरनेसनल स्टडिजका वरिष्ठ अध्येता जेम्स लुईसले विरोधीको ठूलो व्यक्तिगत तथ्याङक सिर्जना गर्नु गुप्तचर संस्थाहरुका लागि सामान्य कुरा भएको बताए । 

 गत साता सार्वजनिक भएका समाचारमा वर्तमान तथा विगतका करिब ४० लाख कर्मचारीको तथ्याङक चिनिया“ गुप्तचरले ह्याक गरेको उल्लेख गरिएको थियो । सङघीय सरकारको पत्रमा त्यो भन्दा पनि बढीको तथ्याङक भएको उल्लेख छ । यसैगरी, प्रत्येक सङघीय कर्मचारी तथा संघीय सेवाबाट अवकास प्राप्त गरेका प्रत्येक कर्मचारीको गरी करिब १० लाख सङघीय कर्मचारीको व्यक्तिगत तथ्याङक चुहिएको अनुमान गरिएको छ । चिनिया“ ‘ह्याक’ ले अमेरिकी भूमिगत गुप्तचरहरुको सञ्जाल सजिलै पत्ता लगाउन सक्ने अनुमान गरिएको छ । 

Post a Comment

0 Comments