Subscribe Us

जमिन शाहा हत्याका आरोपीत डीएसपी चन्द पक्राउ

काठमाडौं । सञ्चार उद्यमि जमिम शाह हत्या योजनाको आरोपीत पूर्व डिएसपी जगदिश चन्द पक्राउ परेका छन् । चन्दलाई महानगरीय अपराध महाशाखा टेकुले शनिवार राती नयाँबानेश्वरबाट पक्राउ गरेको हो । शाहा हत्यााम चन्दको नाम मुछिएपछि उनि फरार भई भारतको नयाँ दिल्लीमा लुक्दै आएका थिए । नेपाल आएको सुचना पाएपछि महाशाखाको टोलीले उनको पिछा गरेको थियो ।

 स्रोतका अनुसार घरमै बसेको सुचना चुहावट भएपछि महाशाखाको टोलीले उनलाई बानेश्वरस्थित घरबाट नियन्त्रमा लिएको हो । २०६६ माघ २४ गते लाजीम्पाटमा गोली हानेर साहको हत्या भएको थियो । नक्कली सर्टिफिकेट कान्डमा मुछिएपछी निलम्बनमा परेका चन्द्रले शाहालाई सुट गर्ने सुटरसँग फोन सम्पर्क र घर भाडामा दिएको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो ।

डिएसपी चन्द भने घटनाको करिब एक महिनापछी मात्र फरार भएका थिए । जमिम हत्याको भोलिपल्ट हत्यामा संलग्न देखिएका त्रिलोकसंग चन्दको सम्पर्क खुलेपनी प्रहरीले उनलाई पक्राउ गरेको थिएन । प्रहरीले उनलाई अनुसन्धानको दायरामा समेत नल्याई फागुन १८ गते भाग्न सहयोग पुर्याएको आरोपसमेत लागेको थियो । चन्द भागेपछी काठमाडौं परिसरका तत्कालीन प्रमुख गणेश केसी र महानगरिय प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख रणबहादुर चन्द विवादमा तानिएका थिए ।

जमिम हत्या जाँचबुझका लागी गठन गरिएको उच्चस्तरिय आयोगले जगशिदलाई प्रहरीको मिलेमतोमा भगाएको ठहर गरेको थियो । तर संलग्नमाथी कुनै कार्वाहीको सिफारिस भनेको गरेको छैन । सो प्रतिवेदन अझै गोप्य नै राखिएको छ । अर्का सहयोगी श्रीकृष्ण पौडेल पनि अहिलेसम्मपक्राउ परेका छैनन् । चन्दविरुद्ध रेड कर्नर नोटिससमेत जारी भएको थियो । उनलाई वर्षौंसम्म गिरफ्तार पर्न नसक्दा प्रहरीको क्षमता र नियममाथि प्रश्न उठाउने गरिएको थियो । तर, एसएसपी खनालको नेतृत्वमा पुरानो अपराधको घटनामा  महत्वपूर्ण सफलता हात परेको छ

Post a Comment

0 Comments