Subscribe Us

फेरी बन्द भयो काभ्रेको अबैध क्रसर उद्योग,

बनेपा । दर्ताबिना सञ्चालन भएको क्रसर उद्योगलाई काभ्रेपलाञ्चोकमा मंगलवारबाट रोक लगाइएको छ । जिल्लामा अधिकाम्स क्रसर उद्योग मामदण्ड बिपरीतका भएपनि प्रहरीले अबैध लाभ दिएर सुचारु अबस्थामा छन् । 
तर प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालको दबाबमा स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, प्रहरी उपरीक्षक पूजा सिंहलगायतको टोलीले स्थलगत अनुगमन गरी पनौती क्षेत्रमा सञ्चालन भएको दुई वटा क्रसर उद्योगलाई मंगलवारबाट  सञ्चालनमा रोक लगाएको छ । 

क्रसर उद्योगबाट अवैध रूपमा ढुङ्गा निकासीको काम भएको जानकारी पाएपछि अनुगमनपछि सञ्चालनमा रोक लगाइएको स्थानीय विकास अधिकारी तिम्सिनाले बताएका छन् । यसअघि उक्त क्षेत्रमा आधा दर्जन ढुङ्गाखानी मापदण्डबिना नै ढुङ्गा उत्खनन गरेको भन्दै प्रहरीको बिषेश सक्रियतामा सञ्चालनमा रोक लगाइएको थियो । जिल्लामा तत्कालिन एसपी अरुण बिसीले जिल्लाको मंगलटार र पनैती क्षेत्रका अधिकाम्स मापदण्ड बिपरितका क्रसर उद्योग र ढुंगाखानीलाई बन्द गराएका थिए । 

एसपी बिसिको सरुवा सँगै जिल्लाका नयाँ एसपी पुजा सिंहले क्रसर ढुंगाखानीका माफियासंग अबैध रकम लिएर खानी र क्रसर सञ्चाल गर्न दिएको आरोप लाग्दै आएको थियो । स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशि पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए । एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अबैध क्रसर र ढुंगा खानी सुचारु भएका थिए ।

Post a Comment

0 Comments