Subscribe Us

गृहमन्त्री गुहार्दै वन्त, अर्याल देख्ने बित्तिकै फरार

गुहमन्त्रीसंग चाकडी गर्दै वन्त
काठमाडौं । नेपाल प्रहरीको अधिकार खोसेर आफूलाई शक्तिशाली बनाउन खोज्ने शसस्त्र प्रहरीका आईजीपी कोेषराज वन्त नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याललाई देखेर बिहीवार साझ फरार भएका छन् । गृहमन्त्री बामदेब गौंतमलाई भेट्न साँझ ५ बजे सिंहदरवारस्थित गृहमन्त्रालय पुगेका वन्तले गृहमन्त्रीको सचिवालय अगाडी आईजीपी अर्याल र एआईजीहरुले गाडी पार्किङ गरेको देखेपछि फरार भएका हुन् । 

 वन्त फरार भएर सचिवालय भन्दा ५ सय मिटर पर झाडिमा आधा घण्टा बसेका थिए । गृहमन्त्रीसंगको छलफलपछि प्रहरीका आईजीपी अर्याल र एआईजीहरु राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मा, बिरेन्द्रबाबु श्रेष्ठ, केदार साउद, प्रतापसिंह थापा, रमेशसेखर बज्रचार्य बाहिरिए लग्गतै आईजीपी वन्त चोरबाटो हुँदै हस्याङ फस्याङ गर्दै ‘मन्त्री ज्यू’ निस्किनु भको हो, भन्दै भित्र छिरेका थिए । 
मन्त्रालयबाट बाहिरिदै अर्याल र एआईजीहरु

प्रहरीले स्थापनाकाल देखी नै पाएको अधिकार आफूलाई चाहियो भन्ने तर प्रहरीका आईजीपीको अगाडि पर्ने नसक्ने शसस्त्रका आईजीपी वन्तको हैशियतपनि बिहीवारको घटनाले प्रष्ट देखिएको छ । करिब १५ मिनेट गृहमन्त्री गौतमसँगको भेटघाट पछि वन्त गौतमकोे पछि पछि कार्यकक्षबाट बाहिरिएका थिए । गृहमन्त्री गौतम गाडिमा सयर हुन लाग्दा वन्तले हात जोड्दै हार गुहार गरेका थिए । गाडिमा चढिसकेका गौतमलाई वन्तले पाँच मिनेट बाटोमै समय बर्बाद पारेका थिए । 

गुहमन्त्री गौतम बाहिरिएपछि वन्तले बाहिर उभिरहेका गृह प्रबक्ता लक्ष्मीप्रसाद ढकाललाई सचिवालय बाहिरबाट एक छिन गोप्य बार्ता गरु भन्दै ढकालको कार्यकक्षमा तानेर १५ मिनेट अल्झाएका थिए । ढकालको कार्यकक्षबाट निस्केका वन्तले मन्त्रालय बाहिर रहेका कानून सचिव धनराज ज्ञवालीलाई एकान्तमा लगेर पाँच मिनेट भेटेर हतार भो अफिस नै गएको छैन भन्दै मन्त्रालय परिसरबाट निस्केका थिए । पक्राउ पुर्जीको बिषयलाई लिएर नेपाल प्रहरी र शसस्त्र प्रहरी बीच बिगत एक महिनादेखी शितयुद्ध चल्दै आएको छ ।

 वन्तले यतिसम्म गरेका छन् कि नेपाल प्रहरी बिरुद्ध प्रत्रपत्रिकामा लेख छपाई शसस्त्रको फेसबुक पेजबाट शेयर गर्न लगाएका छन् । शसस्त्रको आईजीपी बनेपछि बिबादै बिबादमा तानिएका वन्तको करौडौं भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिचाराधिन छ । काग्रेस नेता अम्रेसकुमार सिंह मार्फत वन्तले अख्तियार प्रमुख लोकमानसिंह कार्किसंग सेटिङ मिलाइ भ्रष्टाचारको फाईललाई मुल्तबीमा राख्न सफल भएका शसस्त्रका एक अधिकारीले बताए । जसलाई लिएर शसस्त्रका बरिष्ठ अधिकारीहरु वन्तसंग रुष्ट छन् ।

Post a Comment

0 Comments