Subscribe Us

राजधानीमा नक्कली नेपाली नोटको बिगबिगी

ललितपुर । नक्कली नोटका कारोवारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपूरले नक्कली नोटको कारोबारी महोत्तरीका ३० वर्षीय रोशनकुमार यादवलाई मंगलवार पक्राउ गरेको हो । 

 यादबबाट प्रहरीले १ हजार दरका ८ थान नक्कली नेपाली नोट बरामत गरेको जनाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका–१७ मा अस्थाई बसोबास गर्दै आएका यादबले नक्कली नोटको सटही गर्दै गरेको भन्ने योप्य सुचना पाएपछि परिसरको टोलीले उनकोे खोजी सुरु गरेको थियो ।

 पसलमा नक्कली नोटको सटही गर्न लागेका यादबलाई प्रहरीले नियन्त्रमा लिई थप अनुसन्धान गर्दा उनको कोठाबाट थप सात वटा एक हजार दरका नककली नोट बरामत भएकोे परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले अपराधखबरसँग बताए । यादबले उक्त नक्कली नोट काँहाबाट ल्याए, कसले दियो भन्ने बिषयमा अनुसन्धान भईरहेको बताए । पछिल्लो समय राजधानीमा नक्कली नोटले जरो गाड्न थालेको छ ।

Post a Comment

0 Comments