Subscribe Us

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, यात्रु सकुशल

गोरखाबजार, ७ असार । सिम्रिक एयरको हेलिकप्टर आज गोरखाको समा गाउँको साम्दोमा दुर्घटनामा परेको छ । गोरखा सदरमुकामबाट उडेको उक्त हेलिकप्टर उत्तरी क्षेत्रको विकट गाउँ साम्दोमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । चालक सुरेन्द्र पौडेलसहित हेलिकप्टरमा सवार ५ यात्रु सकुशल रहेका छन् । 

 प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाका अनुसार हेलिकप्टरको पछाडिको भागमा आगो लागेको छ । आगो के कारणले लागेको हो भन्ने कुरा अहिलेसम्म केही खुल्न सकेको छैन । “प्राविधिक टोली त्यसतर्फ जाँदैछ, प्रहरी टोलीसमेत घट्नास्थलतर्फ गइसकेको छ,” प्रजिअ तिमिल्सिनाले जानकारी दिए । 

    सोमबार बिहान खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद आचार्यसहितको टोली सदरमुकामबाट ५२ कोस उत्तरमा रहेको समा गाउँ गएका थिए । रासस
–––––––

Post a Comment

0 Comments