Subscribe Us

क्विज म्यानिया चलाउनेलाई कलिला केटी त देख्नै नहुने ............

काठमाडौं । के हो मुलकमा ठूला मिडियाको नाम लिएपछि जे गर्न पनि पाईन्छ ? कार्यक्रमका नाममा सोह्र सत्रका युवतीलाई फसाउँदै एक दुई बर्ष मस्ती गरेपछि गोद््न सम्म गोदी लघारेर नयाँ–नयाँलाई घुमाईरहन पाईन्छ ? पीडित युवती र अभिभावकले पटक–पटक उजुर गरी प्रहरीले हिरासतमा राख्दै छाड्दै गर्दापनि ठूला मिडियाले  तिनलाई संरक्षण गरिरहनुपर्ने कारण के ?

 कान्तिपूर टेलिभिजन र महानायक राजेश हमालको समेत नाम भजाउने हरि पोखरेलले इन्दु अधिकारी र निशानी रौनियारको जीवन नै तहस नहस बनाई दिएका छन् । नै कक्षा पढ्दै गरेकि ईन्दुलाई ललाईफकाई भगाए । 

अहिले उनि तर्फबाट एक छोरा छ । इन्दुको नागरिता हरिकै थर जोडिएर बन्यो । यहि जेठ १३ गते उनीहरु बसेकै कोठाबाट सपना ढकालसँग रंगेहात प्रहरीले राती १० बजे समात्यो । इन्दु माइतीतिर गएको बेला कोठामा सपनासँग एउटै कोठा र ओछ्यानमा बसेका हरि उपर बहुबिहाको उजुरी प¥यो । तर स्वयम्भू प्रहरीले १४ गते बिहानै सपनालाई बाबुआमा बोलाएर नभई हरिकै जिम्मा लगाएर छाड्यो ।

गत फागुन २६ गते मदिराले लठ्ठ भएर नयाँबजारस्थित कोठामा गएका हरिले श्रीमती इन्दुलाई रामधुलाई दिए । एसएलसि माथी पढ्न नसकेका हरिले उनको दुव्र्यवहार र कुटाई सहँदै स्नातकोत्तर गरिसकेकी श्रीमतीलाई प्रायः गर्ने कृटपिटबाट आत्तिएका छिमेकीले पाँचबर्षे छोरा र श्रीमतीको रुवाबासी सुन्न नसकि प्रहरीलाई खबर गरिदिए । चलाख हरिले प्रहरीलाई घरभित्रको मामला भनि फर्कादियोे । 

यो घटनाबाट दिक्क भएका दाजुले श्रीमतीलाई हरिकोमै बस्न पठाईदिए । प्रहरी फर्कनसाथ उनले फेरी श्रीमतीलाई र छोरालाई भकुरेर आफू ठूलो दादा भएको बताए । भाउजुले जति कोशिस गरेपनि रोक्न नसकेपछि राती १० बजे आफ्नै कोठामा गईन । केहि छिनपछि उनी त्यहीँ पुगे र बबाल मच्चाउन थाले । त्यहीँ पनि फेरी श्रीमतीलाई पिट्न थालेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी आउनसाथ उनी त्यहाँबाट भागे । 

त्यसअघि कान्तिपुरमै सच्चालित क्विज कार्यक्रममा भाग लिन आएकी निशानीसँग कार्यालयको ढोकामा निस्कदै गर्दा मोबाईल नम्बर मागे र पटक पटक फोन गरी मायाँको नाटक गरे । निशानीलाई फसाईसकेपछि कार्यालयमै कुट्न थाले । पहिला जागिर दिनेलाई धोका दिएर बुद्धनगरमा एक्रेटिभ मिडिया खोलेका छन् । यहि कार्यालयमा उनले निशानीलाई कुटपिट गरी घाईते बनाएका छन् । त्यहीँस्थित ह्याम्स अस्पतालमा उनको उपचार गरिएको थियो । घरमा श्रीमती र छोरा भएका हरिले आफू अविवाहित भएको निशानीलाई बताएका थिए । हरि मदिराले लठ्ठ भएर सुतेको बेलामा राती एक बजे निशानीको फोन आयो । 

श्रीमतीले उठाईन् । निशानीले को बोलेको भनेर सोध्दा यताबाट श्रीमतीले ‘हु ईज स्पिकङ’ भन्नासाथ लाईन काटियो । भोलीपल्ट ईशानीले  राती फोन त केटी मान्छेले उठाएकी थिईन् त भन्दा हरिले मेरो मामु हो, गाँउबाट आउनु भएको छ भनेर जवाफ फर्काए । यि सबै कुराको भेद तब खुल्यो जब हरिबाट पीडित इन्दु र निशानीले पीडा साटासाट गरे । त्यतिबेला इशानीले अहो कस्तो राम्रो परिवार रहेछ गाउँमा बसेर पनि अंग्रेजीमा बोल्न सक्ने भनेकी थिईन् । घरकी श्रीमतीलाई त कुटेर हैरान पार्थे नै । अहिलेपनि इन्दुका मुहार तथा शरिरमा जे पायो त्यसले हानेर भएका घाउका खत छन् । 

त्यसैगरी उनले निशानीलाई पनि पिट्न थाले । पाँचकोठा भएको कार्यालय लिएका उनले एउटा कोठा आरामका लागी भनी खाटसहित राखेका छन् । त्यहीँ निशानीलाई हिर्काएर घाईते बनाए । दुव्र्यवहार र पीडा सहन नसकेपछि निशानी भागेर ललितपूरस्थित घरमै गईन । केहि दिनपछि केटिको घरमै गई उनकी आमालाई जथाभावी गाली गर्दै मेरो श्रीमती हो, किन भेट्न दिन्नौ भनी हैरानी दिएपछि उनले प्रहरीलाई खबर गरिन् । त्यसबेला हरि १२ दिनसम्म प्रहरी हिरासतमा बसे । इन्दुले नै गएर छुटाईन् । अहिले सपनासँगै बस्छन् । सपनाले फेसबुकमा पूर्वीय संस्कारअनुसार श्रीमान–श्रीमतीको हैशियतमा रहेको स्ट्याटस राख्दै आएकी छिन् । 

बिस नपुगेका युवतीलाई सहजै पट्याउने र घरकी श्रीमतीलाई मार्ने धम्की दिने हरि (धम्कीको रेकड प्रहरीमा पुगेको) सोमवार दिनभर लैंगिक हिंसा गरेको उजुरी परेपछि कालिमाटी प्रहरी बृत्तमा बसेर बयान दिए । कान्तिपूर टेलिभिजनमा राजेश हमाललाई उभ्याएर क्विज म्यानिया चलाउँदै आएका उनले हमालको नामसमेत भजाएर युवतीलाई फसाउने गरेको प्रधानमन्त्री कार्यालय, महिला आयोग लगायतमा परेको उजुरीमा उल्लेख छ । चाँदी रङको भग्सवागेन बा १० च ८५६३ नम्बरको कारमा हिँड्ने उनीसँग हरदम युवती हुने गर्छन् । यी युवतीको परिचय भने स्टाफको रुपमा हुने गरेको समाचार जनआस्था सप्ताहिकले प्रकाशित गरेको छ ।

Post a Comment

0 Comments