Subscribe Us

महाशाखमा एसएसपी खनाल र परिसरमा अधिकारी

काठमाडौं । रिक्त रहेको महानगरीय अपराध महाशाखा टेकुमा एसएसपी सर्बेन्द्र खनाललाई सरुवा गरिएको छ । महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्की गत आईतवार युएन मिशनको लागि लाईबेरीया गएपछि महाशाखाको रिक्त पदमा प्रधान कार्यालयले बुधवार खनाललाई  पठाएको हो ।

 त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी पिताम्बर अधिकारीलाई पठाईएको छ । 

दुबै प्रहरी अधिकृत सक्षम प्रहरीको रुपमा चिनिन्छन् । यसअघि, काठमाडौं परिसर र नारायणी अञ्चलमा आफ्नो क्षमता देखाएका एसएसपी खनालको आगमनसंगै उपत्यकाको अपराध अनुसन्धानमा तिब्रता आउने महाशाखाका अधिकारीको बुजाई छ । नारायणी अञ्चल र काठमाडौं प्रमुख भएर काम गर्दा एसएसपी खनालले सर्बसाधारण र व्यवसायीको माझ लोकप्रिय बन्न सफल भएका थिए । 

त्यस्तै, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र पर्षाको प्रमुख भएर काम गर्दा सर्बसाधरण र स्थानियको मन जित्न सफल एसएसपी अधिकारीको सरुवासंगै ललितपुर परिसरमा खुसी छाएको प्रहरी अधिकृतहरु बताउँछन् । व्युरोमा कार्यरत छँदा एसएसपी अधिकारीले हङकङमा अपहरित बिद्यार्थीलाई मुक्त गराउन सफल भएर नेपाल प्रहरीको साख बढाएका थिए । 

Post a Comment

0 Comments