Subscribe Us

लुटेराकोे घरमा प्रहरीकोे पोशाक,
हत्यारा ५ बर्षपछि पक्राउ

काठमाडौं ।  उपत्यकामा चोरी डकैती तथा लुटपाट गर्ने योजना बनाई अवैध हात हतियार  धारी एक गिरोहलाई प्रहरीले पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको डीएसपी रमेश थापाको टोलीले गिरोहलाई कलंकीबाट पक्राउ गर्न सफल भएको हो । 

प्रहरीका अनुसार कंलकीबाट एक थान पेस्तोल र सो पेस्तोलको म्यागजीन एक थानसहित बेग बहादुर तामाङ्ग, सुनिल तामाङ्ग र सम्राट राई लाई नियन्त्रणमा लिएको हो । नियन्त्रण लिएका गिरोहको बयानबाट प्रहरीले अर्को एक पेस्तोल सहित तिन जनालाई पक्राउ गरेको जनाएको छ । 

कलंकीबाट पक्राउ गरिएका गिरोहले दिएको बयानको आधारमा  अर्को हतियार धारी समुह धादिङ्गबाट काठमाडौं आईरहेको छ भन्ने खुलासा भएपछि प्रहरीले  काठमाडौं र धादिङ्गको सिमानामा पर्ने झ्याप्ले खोलामा शंकास्पद अवस्थामा हिडिरहेका सन्देश तामाङ्ग, काजी श्रेष्ठ र प्रेम गुरुङ्गलाई नियन्त्रणमा लिई  शरीर खान तलासी गर्दा पेस्तोल थान १ र सो को म्याग्जिन थान १ र गोली राउण्ड ३ सहित पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ ।

 पक्राउ परेका गिरोह मध्यका सम्राट राईको ज्याँठा स्थितमा डेरा कोठामा   खानतलासी गर्दा प्रहरीको चुस्ता, ज्याकेटहरु लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै महाशाखाले चार बर्ष अगाडी हत्याको अभियोगमा फरार रहेका टेक बहादुर तामाङ्गलाई शनिवार काठमाडौं ढल्कुबाट पक्राउ गरेको छ । तामाङ्गले गत २०६७।०७।०१ मा धादिङ्ग, दार्खाका  शिव थापालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धादिङ्ग जिल्ला अदालतले मिति २०७०।०९।१६ गते १५ वर्षजेल सजाय हुने फैसाला गरेको थियो । 

हत्यापछि फरार रहेका तामाङ्गलाई गत शनिवार ढल्कु स्थित आफ्नै कोठामा लुकी छिपी बसेको अवस्थामा  जिल्ला मुस्महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै महाशाखाले सस्तोमा डलर दिन्छु भन्दै ठगी गर्ने गिरोहलाई पनि पक्राउ गरेको छ ।  महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न गंगा बहादुर दुम्जनलाई भक्तपुर चाँगुनारायण दुवाकोटबाट पक्राउ गरेको जनाएको छ । दुम्जनले सस्तोमा डलर दिन्छु भन्दै आठ लाख ठगी गरेका थिए ।

Post a Comment

0 Comments