Subscribe Us

न्यायाधिस झै आदेश दिदै डिएसपी मल्ल

काठमाडौ । एक भारतीय बसका चालक र मालिकसंग धादिङका डिएसपी प्रकाश मल्लले १७ लाखको डिल गरेको रहस्य खुलासा भएको छ । गत बैशख ८ गते पशुपतिनाथको दर्शन गरेर फकिंर्दै गरेको भारतीय ‘डबल–डेकर बसका मालिक राजु भाईसंग डिएसपी मल्लले १७ लाखको डिल गरेका हुन । 

धादिङको झ्याप्ले खोलामा दुर्घटना भएको उक्त बसका मालिक ईन्सुरेन्स दाबी गर्नकोे लागी बस दुर्घटना भएको प्रमाण लिन तिन साता अघि धादिङ प्रहरी पुगेका थिए । 

प्रहरीमा दुर्घटनाको कागजपत्र माग गर्दा डिएसपी मल्लले चाकललाई बोलाएपछि मात्र कागजात दिने अड्को थापेका थिए । डिएसपीको आदेश बमोजीम बसका मालिक राजुले चालकलाई प्रहरीमा उपस्थित गराएपछि डिएसपी मल्लले थुनामा राख्ने आदेश दिदै चालकलाई निकाल्ने भए नेपालको कानून अनुसार एक जनाको एक लाखको दरले १७ लाख धरौंटी राख्ने बसका मालिकलाई अदालतले झै आदेश दिएको बसका मालिक राजु भाईले बताएका छन् । 

स्मरण रहेस उक्त बस दुर्घटना हुँदा १७ भारतिय यात्रुको मृत्यू भएको थियो । नेपालको कानून अनुसार एक जनाको एक लाख धरौंटी राख्नु पर्छ भन्दै डिएसपी मल्लले तिन दिन सम्म आफूहरुसंग बार्गेनिङ गरेको बसका मालिकले बताएका छन् । धरौंटी राखेको भरपाई माग्दा नदिएपछि पैसा नदिएको हुँ, उनले भने । त्यसपछि अदालतबाट म्याद् थप गरी मुद्दा अगाडी बढाएका छन् । तर अहिलेपनि सरकारी वकिल र प्रहरीले मुद्दा मिलाउने र चालकलाई छुटाउने भए एक जनाको एक लाख लाग्ने बताउदै आएको मालिक राजुले बताएका छन् । 

पैसा ठिक भएमा फोन गर्नु भन्दै डिएसपी मल्लले आफ्नै हातले राजुको डायरीमा टिपोट समेत गर्थेका छन् । न्याय नपाएपछि बसका मालिक भारतिय राजदुताबास गुहार्न पुगेका छन् । स्रोतका अनुसार राजदुताबासका कर्मचारीले फोन गर्दासमेत नेपालको कानून अनुसार एक जना मृतक बराबर एक लाखका दरले धरौंटी राख्नु पर्ने बताउदै डिएसपी मल्लले  फोन काटेर पुनः फोन नउठाएको पीडित बनेका बसका मालिकले अपराधखबरलाई बताए । 

गत बैशाख ८ गते बस दुर्घटना हुँदा सवारी चालक, घाईते तथा मृतकलाई भारत सरकार आफैले उपचार तथा उद्धार गरी आफ्नो देश लिएर गएको थियो । तत्काल घाईते भएका चालक राजुराज सिंहले बिभिन्न संञ्चारमाध्यम अन्तर्बाता दिदै गाडीको बे्रक फेल भई दुर्घटना भएको दाबी गर्दै आएका थिए । उनको एक साता काठमाडौंमै  उपचार भएको थियो । तत्काल पक्राउ गरेर अनुसन्धान गर्न नसक्ने र बोलाएर थुनामा राखि पैसाको डिल गर्ने डिएसपी मल्लकोे यो हर्कतले सिंगो प्रहरी संगठन नै बदनाम भएको छ । 

प्रहरीको काम अपराध तथा दुर्घटना भएको खण्डमा सम्बन्धीत व्यक्तिलाई हिरासतमा लिई घटना हुनुको कारण र गल्ती पत्ता लगाए मुद्दालाई सरकारी वकिल समक्ष पेश गर्नु हो । कानून आफैले निर्माण गरी स्वम अदालत झै यति र उति धरौंटी राख भन्नु स्वत अपराध हो । उक्त बस भारतको गुजरात राज्यको सुरेन्द्रनगर जिल्लाबाट तीर्थयात्री लिएर नेपाल आएको थियो । डबल–डेकर बसलाई वैज्ञानिक रुपमा १ सय २० डिग्रीको मोड आवश्यक पर्छ । तर नेपालको सडकहरु ३० डिग्रीभन्दा कम मोड भएका छन् । सामान्यतया डबल–डेकर बसलाई कम्तीमा पनि ७० डिग्रीको घुम्ती चाहिन्छ । उक्त बसले ४५ यात्रु बोकेर नेपाल आएको थियो । 

Post a Comment

0 Comments