Subscribe Us

राहत बितरण गर्दै मनाङ वीमन ग्रुप

काठमाडौं । गत बैशाख १२ गते गएको महाभूकम्पमाबाट पीडित बनेका नेपालीलाई मलम लगाउने काममा महिलाहरुको समूहपनि सक्रिय भएको छ । मनाङ वीमन इमपावरमेन्ट ग्रुपले बिभिन्न जिल्लामा गएर अहिले सम्म २० लाख बराबरको राहत सामाग्री बितरण गरीसकेको छ ।

ग्रुपको संयोजक सोनाम मनाङ्गेको अनुसार अझै अन्य क्षेत्रमा समेत राहत बितरण गर्ने योजना बनाएको बताउ“छिन् । ग्रुपले काठमाडौंको सांखु, लस्सीफेदी, शिरणचौर, स्यमभू र उपचारमा रहेका केहि अस्पतालमा गएर समेत पीडितलाई राहत बिरण गरेको थियो । सो समूहले बिरअस्पताकोे ट्रमा सेन्टर, माहाराजगञ्जको टिचिङ अस्पतालमा पुगेर पीडितलाई मेडिकलका समानहरु उपलब्ध गराएको हो ।

 त्यस्तै ग्रुपले काभ्रेको स्यामपाटी गाबिसका १ देखी ९ वडासम्मका अति गरीब एक सय पा“च घरलाइ एक बण्डलको दरले एक सय पांच बण्डल जस्ता पाता बितरण गरेको छ । जस्तापात पाएपछि बर्खा कसरी काट्ने भनेर चिन्तीत भूकम्प पीडितहरुले राहत पाएको अनुभब गरेको प्रतिक्रिया दिएका थिए । ‘अब टहोरो हाल्न सहज भयो’ जस्ता पाउने वडा नम्बर १ का भरत थापाले भने ।

त्यस्तै काभ्रेको ठाडो गाउ“, पा“चखाल, टिपचोक चलाल गणेशथानलगायतका लगभग आठ सय परिवारलाई रासन बितरण गरेको ग्रुपले जनाएको छ । चामल, दाल, चिउरा, नुनु, तेल बितरण गरेको संयोजक सोनामले जानकारी दिइन् । गु्रपले अति प्रभाबित क्षेत्र दोलखामा समेत राहत बितरण ग¥यो । दोलखाको भिरकोट गाबिसमा १ सय ४७ परिवारलाई त्रिपाल, म्याट, व्ल्याककेट, दाल, चामल, चिउरा, तेललगायत लगभग एक महिनालाई पुग्ने खाद्य सामग्री बितरण गरेको सोनामले बताइन् ।

संगोजक सोनामका अनुसार धादिङ जिल्लाको डोलर गाबिसका एक सय पचास घर परिवारलाई त्रिपाल र बिस्कुट बितरण गरेको छ । साखुको वाड नम्बर १ मा २७ घरलाई पुग्ने गरी एक एक बण्डल जस्ता बितरण गरेको ग्रुपले जनाएको छ । ग्रुपले नाराणथानमा गर्ब बोेकेका तथा सुत्केरी महिलालाई आबाश्यक पर्ने लत्ता कपडा र रासनको सामान बितरण गर्ने तयारी गरेको पनि संयोजक सोनामले जानकारी दिएकी छिन् ।
राहत बितरणका केही फोटोहरुः







Post a Comment

0 Comments