Subscribe Us

आपाराधीक जालो तोड्दै अपराध महाशाखा,
सातामै पक्राउ परे चार ठूला गिरोह

कुमार भण्डारी/ काठमाडौं । उपत्यकालाई गंभिर प्रकृतिका आपराधिक खतराहरुबाट सुरक्षित राख्न, गंभीर प्रकृतिका अपराधहरुको प्रभावकारी अनुसन्धान गर्न तथा अपराधमा संलग्न संगठित अपराधीहरुको पहिचान गर्न र समाजलाई अपराधमुक्त बनाउन नेपाल प्रहरीले महानगरीय प्रहरीको अपधारणा अनुरुप अपराध अनुसन्धान महाशाखाको स्थापना गरेको होे । त्यसैले पनि यो महाशाखा प्रमुख भएर आउन प्रहरीहरुबीच कटाक्ष नै हुने गरेको छ । आफूलाई सफल र सक्षम प्रहरी अफिसर भएको साबित गर्न पनि महाशाखा आउन अधिकृतहरुको हानथाप हुने गरेको छ ।

आईजीपी उपेन्द्रकान्त अर्याल पनि महाशाखामा बसेर सफल र सक्षम प्रहरी अधिकृतको रुपमा परिचित भएर गएका थिए । बिगत केहि बर्षदेखी महाशाखमा आउने प्रहरी अधिकृतले उल्लेखिनीय काम गर्न सकेका छैनन् । तर एसएसपी पुस्कर कार्कीले आफ्नो क्षमता राम्रैस“ग देखाए । महानगरिय प्रहरी परिसर काठमाडौंमा हु“दा जुन काण्डले उनलाई असक्षम साबित गर्दै परिसरबाट हटायो, सोही मुद्दा उनले महाशाखामा आएको महिना दिन नबित्दै तमाम पारे । चार बर्ष अगाडि ठमेलमा भएको भिक्षु काण्ड, टेकुमा रहेको एक्साइड ब्याट्रिको अफिसमा भएको गोली काण्ड र चाचन हत्याकाण्डले उनको क्षमतामा प्रश्न उठाउ“दै कार्कीलाई त्यहा“बाट हटाएको थियो । तर महाशाखमा आउनासाथ विगत चार बर्ष देखी कसैले पक्राउ गर्न नसकेको ति सुटरलाई उनकै कमाण्डमा पक्राउ गर्न महाशाखा सफल भयो ।

यता नारायणी अञ्चलमै बसेर राष्ट्रिय–अन्तर्राष्ट्रिय दर्जनबढी मोष्ट वान्टेडलाई पक्राउ गरेर चर्चामा आएका एसएसपी सर्बेन्द्र खनालको आगमनस“गै महाशाखामा प्रहरीको मनोबल समेत उच्च भएको छ । खनाल हाजिर भएको एक साता नबित्दै महाशाखाले सुटर ग्याङ र चोरीको ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ । झण्डै ६ महिना अघि प्रहरीको टाउको दुखाईकोे बिषय बनेको लुटपाटको घटनासमेत एसएसपी खनाल आउने बित्तिकै सुल्झिएको छ ।

राजधानीको नया“ बानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकबाट पैसा झिकेर निस्कदै गरेकी सरस्वती आचार्यको साथमा रहेको १८ लाख ८४ हजार ६ सय ३५ रुपैया“ लुटिएको थियो । उक्त रुपैया“ लुट्ने गिरोहलाई महाशाखाले पक्राउ गरी मंगलबार सार्वजविक गरेको छ । २०७१ माघ २१ मा नया“ बानेश्वरको ग्लोबल आईएमई बैंकबाट रकम झिकेर पार्किङ गरेर राखेको स्कुटरको डिकीमा पैसा भएको झोला राख्न लाग्दा माक्स लगाएर आएको गिरोहले रकम लुटेर फरार भएका थिए ।

सो लुटपाटमा संलग्न तीन जना लुटेरालाई काठमाडौं र चितवनबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालले जानकारी दिएका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बाका २५ बर्षिय सागर भनिने टीका थापा मगर, रामेछाप लेदेवी घर भएका मिलन भनिने तेजबहादुर तामाङ र चितवन घर भएका प्रेम महतो चौधरी छन् । यीमध्ये टीका थापा मगर यसअघि पनि डकैती र चोरी मुद्दामा पक्राउ परिसकेका ब्यक्ति हुन् । योस“गै चार वटा चोरी र कीर्ते मुद्धामा समेत यिनी फरार थिए । तेजबहादुर समेत यसअघि डकैती र चोरीका मुद्दामा फरार व्यक्ति हुन् ।
महाशाखाको चोरी पिलरका नायब उपरिक्षक (डीएसपी) ओम अधिकारीका अनुसार पक्राउ परेका दुई जना मगर र तामाङ खासमा मोटरसाईकल चोर हुन् । काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरेर यिनीहरुले काठमाडौं बाहिर तराईका बजारमा लैजाने गर्थे । चोरेर बाहिर रहेका मोटरसाईकल सर्भिसिङ गर्ने वा त्यस्तै दुई नम्बरी काम गर्नेलाई छाडेर आउने गर्थे । ‘मोटरसाईकल लगिदिने बित्तिकै पैसा पाउदैन थिए’ अधिकारीले भने–‘बिक्रीपछि आईएमईबाट पैसा पठाइने गरिन्थ्यो, त्यसरी नै चोरी गरेको मोटरसाईकल बेचे बापत पाउने रकम लिन आइएमईमा जादा“ सरस्वती आचार्य माथि उनीहरुको नजर परेको थियो ।’

महाशाखाका अनुसार यो समूह यो बाहेक अरु दर्जनौ आपराधिक घटनामा संलग्न छन् । काठमाडौं उपत्यकाका अलग अलग ८ स्थानबाट यो समूहले मोटरसाईकल चोरी गरेको छ । यतिमात्र होइन यो समूहले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट बोलेरो गाडी समेत चोरी ग¥यो । यस्तै अलग अलग ४ वटा स्थानमा लुटपाट गरेका छन् । महाशाखाका अनुसार यीनीहरुले २०७१ कार्तिकमा काठमाडौं कपन बस्ने प्रेणा राईको साथमा रहेको १ लाख ५५ हजार रुपैया“ लुटेका थिए । शनि इन्टरप्राइजेज कपनबाट रकम झिकेर हिडीरहेको बेला उनी लुटिएकी थिइन । यस्तै बौद्ध बस्ने सुमित्रा अधिकारीको साथमा रहेको ६९ हजार २ सय ५० रुपैंया“ मोटरसाइकलमा नै आएर लुटेका थिए ।

प्रहरीका अनुसार यीनीहरुले लुटपाटमा चोरी गरेका मोटरसाईकल प्रयोग गर्ने गरेका छन् । यो समूहले चोरीका काठमाडौं बाहिर नपठाएका मोटरसाइकल घरमा नराखी सार्वजानिक पार्किङस्थलमा राख्ने गरेको थियो । यो गिरोहलाई पक्राउ गरेपछि राजधानीमा लुटपाट र मोटरसाइक चोरीमा केही नियन्त्रण हुने प्रहरीहरुको बुझाई रहेको छ ।

त्यस्तै महाशाखाले अनुसन्धानलाई सुरक्षित राख्ने, युरोपियन मुलुकमा पठाईदिने भनी लाखौ ठगी गर्ने चेरा खोला हाइड्रोपावरका सञ्चालक सुरेश पन्तलाई पक्राउ गरेको छ । पन्तले सिरहा कल्याणापुरका संजयकुमार साह, नवलपरासीका अमितजंग रायमाझीसमेतलाई युरोपियन मुलुक इटाली र स्पेन पठाई जागिर समेत लगाईदिने भनी प्रलोभनमा पारी आठ लाखका दरले रकम असुलेको खुलासा प्रहरीले गरेको छ । पन्तले पीडितहरुलाई भारतको बाटो प्रयोग गरी लैजाने भनी चार महिना भारत महिपालपुर सोल्टी गेष्ट हाउसमा राखेर फरार भएको भन्दै महाशाखामा जाहेरी परेको थियो । पन्तले बिदेश पठाउने भन्दै एक दर्जन युवास“ग करिब ४० लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै महाशाखाले केही दिन अघि हतियारधारी समूहलाई पक्राउ गरेको थियो ।काठमाडौं  उपत्यकामा चोरी डकैती तथा लुटपाट गर्ने योजना बनाई अवैध हात हतियार बोकी हिडीरहेका दुई समूहलाई महाशाखाबाट खटिएका डीएसपी रमेश थापाको टोलीले पक्राउ गरेको हो । टोलीले कलंकीबाट १ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने म्याग्जिनसहित बेगबहादुर तामाङ, सुनिल तामाङ र सम्राट राईलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका हतियारधारी समूहको बयानका आधारमा प्रहरीले धादिङबाट काठमाडौंमा लुटपाटको उद्देश्यले आउ“दै गरेको अर्को गिरोहलाई पक्राउ गरेको थियो । धादिङ र काठमाडौंको सिमाना झ्याप्ले खोलामा पुगेको टोलीले शंकास्पद अवस्थामा हिडिरहेका सन्देश तामाङं, काजी श्रेष्ठ र प्रेम गुरुङगलाई नियन्त्रणामा लिई शरीर खान तलासी गर्दा अर्को पेस्तोल १ थान, सो पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र ३ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । पक्राउ परेका सम्राट राईको डेरामा खानतलासी गर्दा प्रहरीको चुस्ता, ज्याकेटहरु लुकाई राखेको अवस्थामा फेला परेको महाशाखाले जनाएको छ ।

महाशाखाले दुर्लभ वन्यजन्तु कछुवा सहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । दुर्लभ वन्यजन्तु कछुवाको बिक्री वितरण हु“दैछ भन्ने गोप्य सूचनाको आधारमा संलग्न ब्यक्तिहरुको खोजी गर्ने क्रममा गत साता महाशाखाले पाटन सुनिम स्थित सानुभाई बज्रचार्यको घरमा बिक्री वितरण गर्ने लागेको अबस्थामा कछुवा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाटनढोकाका सानुभाई बज्रचार्य, लुभ ८ को सुसिल दुवाल श्रेष्ठ, काभे्रका भिमप्रसाद तिमल्सिना, इन्द्रबहादुर दवाडी, उपेन्द्रप्रसाद तिमल्सिना र रौंतहटको शेख रहिस रहेका छन् ।

महाशाखाले सस्तोमा डलर दिने प्रलोभन देखाई ठगी गर्ने १ जनालाई पनि यसै साता पक्राउ गरेको छ । भेटिएको डलर छ भन्दै सस्तोमा दिने बहानामा स्वयम्भुका पाल्साङ टा“सी गुरुङगलाई आठ लाख ठगी गर्ने गंगाबहादुर दुम्जनलाई प्रहरीले पक्राउ गरेको हो । अपरिचित नम्बरबाट फोन गरी ‘भूकम्पमा परी मेरो घर भत्कियो मलाई पैसाको खा“चो परेको छ ३ बर्ष अगाडि मैले भेटाएको ४५८ थान ५० दरको अमेरीकी डलर छ साट्नको लागि म सँग  पासपोर्ट छैन, तपाईले साटी दिनु प-यो भनी पटक–पटक फोन गरी दुम्जनले गत जेठ १८ गते सातदोबाटोमा बोलाई टांसीसँग  भएकोे आठ रुपैया  लाख लुटेका थिए ।

Post a Comment

0 Comments