Subscribe Us

किन भिरे बाघेले दुई पेस्तोल

गोरखाबजार । भूकम्पले तहस नहस पारेको गोरखाको बारपाकमा राजधानीका गुण्डाले फेरी ताण्डप नाच देखाएका छन् । ठेक्का पट्टा कब्जा गर्न हातहतियार सहित बारपाक पुगेका बालाजुका गुण्डा धनबहादुर गुरुङ उफ ‘बाघे’ ले हतियार प्रदशन गर्दै ताण्डप नाच देखाएका हुन् । 

काठमाडौंबाट बाघे भन्ने गुण्डा हातहतियार सहित गोरखा आएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट उनलाई पक्राउ गर्न बिषेश टोली खटिएको थियो । कममात्र खटिएको टोलीले बाघेलाई दुई वटा अबैध पेस्तोलसहित नियन्त्रमा लिन सफल भएपनी स्थाईनिय गुण्डाको कारण कार्यालयसम्म पु¥याउन सकेनन् । 

स्थाईनिय गुण्डाले बाघेलाई हतकडि सहित प्रहरीको हातबाट खोसेर लगेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिएका छन् ।     पक्राउ परेका बाघेलाई  छुटाउन स्थानीय गुण्डाकोे समूहले प्रहरीलाई लछारपछार समेत गरेको स्थानियले बताएका छन् । बाघेलाई प्रहरीले दुईवटा पेस्तोलसहित पक्राउ गरिएको र थोरै सङ्ख्यामा गएका प्रहरीसँग बादबिबाद गर्दै स्थानिय गुण्डाले बाघेलाई भगाएको प्रहरीले बताएको छ । 

फरार बाघेको खोजी गर्न इलाका प्रहरी कार्यालय जौबारीबाट थप सुरक्षाकर्मीको टोली बारपाक पठाइएको छ । ठेक्कापट्टामा अवरोध गरी निर्माण व्यवसायीलाई धम्की दिएको आधारमा प्रहरीले बाघेलाई नियन्त्रमा लिएको थियो । गुरुङको साथबाट बरामद गरिएको हतियारको नाम प्रहरीले खुलाएको छैन । प्रहरीले गुरुङलाई पक्राउ गरेपछि स्थानीय युवा भनेका गुण्डाले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । बाघे बिगत १५ बर्षदेखी गुण्डागर्दीमा संगलग्न हुदै आएका छन् ।

Post a Comment

0 Comments