Subscribe Us

कस्ले हनायो ठेकदार पौंडेलमाथी गोली ?
कोखको साईडबाट छिरेको गोली नाईटोबाट निस्कियो

काठमाडौं । निर्माण व्यावसायी सञ्जय पौंडेलमाथि सिरहामा गोली प्रहार भएपछि निर्माण व्यावसायीको छाता संगठन पुरै त्रसित बनेको छ ।

राजधानीमा रहेको इलाइट कन्सट्रक्सनका सञ्चालक पौंडेलमाथि गत जेठ १३ गते राती सिरहाको डुमरी ३ मा गोली प्रहार भएको थियो ।
 
 तिन वटा मोटर साईकलमा आएका आपराधिक समुहले ठेकदार तथा ब्यापारी पौंडेललाई अपहरण गरी ज्यानमार्ने मनसाय राखी गोली प्रहार गरेका थिए । पेटमा गोली लागेका पौंडेलको उपचार भईरहेको छ । उनलाई गोली प्रहार गर्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गरेपनि मुख्य योजनाकारको बारेमा भने केहि खुलासा भएको छैन् । 
 
पौंडेललाई गोली किन र के कारणले प्रहार ग¥यो भन्ने बिषयमा पीडित र प्रहरी नै अनभिज्ञ छन् । मिचैंया चौकिका प्रहरी निरक्षक हरि खतिवडाले गोली प्रहार गर्ने मध्यका बिजय यादबलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको अपराध खबरलाई बताए । 
 
उनले भने,‘ गोली प्रहार गर्ने समूह मध्यका बिजय यादब भन्नेलाई पक्राउ गरेका छौं अनुसन्धान जारी छ । घटनामा क–कसको संगल्नता अनुसन्धान पछि खुलासा हुन्छ ।’ निर्माण व्यावसायी पौंडेललाई कुनैपनि आपराधिक समुहले फोनमा धम्काउने तथा फिरौंती माग्ने गतिबिधी नगरेको उनले बताएका छन् ।  गोली प्रहार गर्ने गिरोह भन्दा ज्यान लिने उद्देश राखी गोली प्रहार गर्न लगाउने व्यक्तिलाई कानूनको दायरामा ल्याउने पर्ने उनको माग छ ।`
गोली निस्केको घाउAdd caption
 
 सिराहको कमला सिँचाई नहरको निर्माणको कार्य गरिरहेका पौंडेलाई आपराधिक समुहले कुनैपनि शर्त नराखि ज्यानमार्ने मनशायले गोली प्रहार गर्नु भनेको आपराधिक गिरोहले सुपारी लिएको र उनिहरु कन्ट्रयाक किलर भएको उच्च प्रहरी अधिकृत बताएका छन् । व्यावसायी ठेक्का पट्टाको रिसिबी राखी गोली प्रहार भएको हुनसक्ने प्रहरीको बुजाई रहेको छ ।
 
 पक्राउ परेका यादब चार महिना अघि जेल मुक्त भएका थिए । ज्यानमार्ने उद्योग, हातहतियार खरखजना लगाएतका तिन वटा मुद्दामा यादव जेल चलान भएका थिए ।  सजयाँ काटेर छुटेको चार महिना नभई उनले पुनः अर्को अपराध गरेको मिचैंया चौकिका प्रनि खतिवडाले जानकारी दिएका छन् । गोेली प्रहारबाट घाईते भएका पौंडेलको न्यायिक छानबिनको लागी निर्माण व्याबसायीहरुले प्रधानमन्त्री शुसिल कोईरालालाई भेटेर अनुरोधसमेत गरेका छन् ।
यसरी हाने गोलीः व्याबसायी पौंडेल
कामको शिलशिलामा सिरहा पुगेको थिई । नहर बनाउने काम भईरहेको थियो । रातको १० बजेको समयमा तिनवटा मोेटरसाईकलमा ६ जना मेरो काम भईरहको ठाउमा आए । मलाई जबरजस्ती घिसार्दै पाँच सय मिटर पर जंगलमा पु¥याए । मैले लगाएको कम्बरको बेल्ट फुकालेर मलाइ कुटे । उनिहरुले प्रयोग गरेको हेलमेटले पनि टाउकोमा हिर्काए निलडाम अहिलेपनि छ । उनिहरुको माग केहिपनि थिईन । 
 
कुटपिटपछि एक जनाले  पेस्तोल लिएर मलाई छातिमा प्रहार गर्न खोज्यो । मैले प्रतिकार गर्दा उसको हातमा खुट्टाले लाग्न पुग्यो जसको कारण म तिर सोझिएको पेस्तोलबाट  हवाई फायर भयोे । त्यसपछि अन्यले मेरो हात खुट्टा समातेर एक जनाले फेरी छातिमा पेस्तोल टसाई प्रहार गर्न खोज्यो । पेस्तोल कक गर्न थालेपछि म हल्लिन थाले जसको कारण गोली देब्रे कोखमा लाग्न पुग्यो । देब्रे काखमा लागेको गोली पेटको नाईटो नजिकबाट निस्किए छ ।
गोली प्रहारबाट भएको घाउ
 
 गोली लागेपछि म ढले । उनिहरु पाहाडिया मर गया भन्दै निस्किए । उनिहरु गएपछि म घिसिर्दै पाँच सय मिटर पर गाडि भएको ठाउमा पुगेर गाडी आफै चलाएर दश किलोमिटर पर मिचैंया प्रहरी चौकीमा पुँगे । घटनाको जानकारी गराएपछि त्याहाको प्रहरी निरक्षक ज्यूले मलाई तत्काल मेरै गाडी चलाएर अस्पताल पु¥याउने भो । त्याहा उपचार सभंब नभईपछि म धरान गएर थप उपचार गराइ । हाल काठमाडौंमा आबश्यक उपचारमा गराईरहेको छु । आशा छु चाँडै ठिक होला

Post a Comment

0 Comments