Subscribe Us

प्रचण्डलाई यौनकाण्ड बढ्ने भन्दा हैरान !

!
काठमाडौं । एकातिर भीरबाट लडेर हातखुट्ट भाँचिएकी ७८ वर्षीया आमाको भरे हो की भोलिको अवस्था, अर्कोतिर सारा जीवन समर्पण गरेको पार्टी कारवाहीको निर्णय– एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् । तैपनि आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनशक्ताई जनतामाझ नंग्याउने अठोट कायमै छ ।

७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारवाहीको निर्णय गर्यो । हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो ।

तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफ्नो मत हेडक्वाटर समक्ष लिखित रुपमै राखे त्यही दिनदेखि उनी पराई भए । आफ्नो रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गोटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नम्बर ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो ।

प्रचण्डबाटसमेत तर, प्रभाकर र पोष्टबहादुरले भाँजो हाले । उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर पहिल्यै टुंगो लागिसकेको र अम्बिकाबीचको सम्बन्धलाई अहिले उचालेकोमा दुःख व्यक्त गर्दै अरुले समेत यौन सम्बन्धको पोल खोल्ने धम्की दिएको जनआस्थामा खबर छ ।

Post a Comment

0 Comments