Subscribe Us

जग्गा बिबादमा दाईको आरोेप भाईलाई लुटपाट र भाउजु बलात्कारको प्रयास

सिरहा । जग्गाको बिबादमा दाईले भाईलाई दिउँसै घरमा लुट्न आएको र लुट्ने क्रममा भाउजुलाई समेत बलात्कारको प्रयास गरेको आरोप लगाएका छन् । घरमा बाधरुम बनाउँने बिषयमा बिबाद हुँदा सिरहाको लहान नगरपालिका–५ स्थित दिनेश साहले आफ्नै सहोदर भाईलाई घर लुटेको र श्रीमतीलाई बलात्कारको प्रयास गरेको आरोप लगाएका छन् । 
 
बिबाद भएपछि प्रहरीले उक्त घटनामा सम्बन्धी चार जनालाई हिरासतमा लिएर आबाश्यक छानबिन गरिरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्बेदीले बताएका छन् । उनले भने,‘ अनुसन्धानको क्रममा पीडित भनिएका दिनेशले जग्गाको बिषयमा बिबाद हुँदा भाईलाई आरोप लगाएको भेटियो । आरोपति ४ जनालाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको डीएसपी चतुर्बेदीले बताएका छन् ।  
 
पीडित भनिएका दिनेशले सात÷आठ जनाको हूल बाँधेर लुट्न आएको समुहले श्रीमतीलाई समेत बलात्कारको प्रयास गरेको आरोप लगाएका छन् ।  उनले घरबाट चार किलो चाँदीका गरगहना, दश आनाको सुनको तिलहरी र दुई थान मोबाइललगायतका सामान लुटेर लगेको दाबी गरेपनि प्रहरीको अनुसन्धानबाट केहि खुलेको छैन । प्रहरी स्रोतका अनुसार उनको घरबाट केही पनि लुटपाट भएको छैन् । 
 
तर पीडितले भने लुटपाट गरेसँगै श्रीमतीमाथि बलात्कारको प्रयाससमेत गरेका थिए, तर दिउँसोको समय हल्ला भएर स्थानीय बासिन्दा जुट्न थालेपछि बलात्कारको प्रयास असफल भएको दाबी गर्दै प्रहरीसँग कारवाहीको माग गरेका छन् । 

Post a Comment

0 Comments