Subscribe Us

यसरी चोखाइयो सुन लुटेरा वालालाई

काठमाडौं । ३५ किलो सुन लुट काण्डमा पक्राउ परेका योेगेन्द्र लामा उर्फ ‘वाला’ लाई प्रहरीले चोख्याएर स–सम्मान घर पठाएको छ । सुन लुट काण्डपछि फरार हु“दै कहिले भारतको गोवा त कहिले दुबई बस्दै आएका वालालाई अन्ततः भक्तपुरका गुण्डा नाईके सगुन श्रेष्ठस“ग चार साताअघि ललितपुरको झम्सिखेलबाट पक्राउ गरिएको थियो । प्रहरीले वालालाई सुन लुट काण्डको मुख्य नाइके भएको ठहर गर्दै बिगत पा“च महिनादेखि खोजी गर्दै आएको थियो । 

तर, प्रहरीले वालाई थप छानबिन नै नगरी सार्बजनिक अपराध ऐन अनुसार मुद्दा चलाएर छाडेपछि प्रहरीको नियतमाथि शंका उब्जेको हो । पक्राउ परेका वाला गत शुक्रवार जिल्ला प्रशासन कार्यालयले मागेको ५ हजार धरौंटी राखि रिहा भएका हुन् । प्रहरीले यस्ता किसिमका अपराधमा संलग्नलाई सम्पत्ति सुद्धिकरण ऐन अन्तर्गत मुद्दा चलाउ“दै आएको थियो । 

तर, वालाको हकमा यो लागू नभएपछि पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखामा ठूलै रकम चलखेल भएको चर्चा प्रहरीभित्र गुञ्जेको छ । महाभूकम्पले सिन्धुपाल्चोक जिल्लाको कारागार भत्किएपछि फरार भएका डन सगुन श्रेष्ठलाई पक्राउ गर्दा प्रहरीले वालालाई पनि पक्राउ गरेको थियो । केही महिनाअघि काभ्रेको पा“चखालबाट वालाको समूहले सुन क्यारिङ गर्ने गाडीका ड्राईभर जंगबहादुर बिश्वकर्मास“ग मिलेर ३५ किलो अबैध सुन लुटेको थियो । 

तत्काल सुन लुटेको आरोपमा अपराध महाशाखाले  एमाओेवादी अध्यक्ष प्रचण्डका पूर्व ड्राईभर उज्वल लामालाई पक्राउ गरे पनि राजनीतिक दबाबका कारण थप अनुसन्धान नै नगरी पक्राउ गरेको ३ दिनमा रिहा गरेको थियो । पक्राउ परेका लामाले समेत तत्काल सुन आफूले नलुटेको तर वालाको समूहले लुटेको हुन सक्ने भन्दै बयान प्रहरीलाई दिएका थिए । प्रहरीले ३५ किलो सुन काण्डको मुख्य अभियुक्त वाला भएको निष्कर्ष निकाल्दै वालाको खोजी सुरु गरेको थियो ।

 तर, पा“च महिनापछि पक्राउ परेका वालालाई प्रहरीले ३५ किलो सुन काण्डको कुनै अनुसन्धान नै नगरी सार्वजनिक अपराधमा मुद्दा चलाएर चोख्याएको छ । वालाले मुद्दा मिलाई दिनेलाई दुई किलो सुन दिने बताउ“दै आएका थिए । वाला संबिधानसभाको चुनाव अगाडि का“ग्रेस निकट थिए भने चुनावताका एमाओवादीको बिल्ला भिरेका थिए ।
काभ्रेमा उनी एमाओवादीका नेता तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ निकट छन् । सुन लुटे लगत्तै वाला नेता दोङको शरणमा पुगेका थिए । दोङले बचाउन नसकेपछि उनी फरार भएर दुबई पुगेको स्रोत बताउंछ । पछिल्लो समय वाला बचाउन का“गे्रसका सभासद् तिर्थ लामा समेत सक्रिय थिए । लामाले वालालाई आत्मासमर्पण गराउन महाशाखाका केही डीएसपीलाई अनुरोध गर्दै फोन गरेपछि सो रहस्य बाहिर आएको हो ।
पछिल्लो समय प्रहरीले गुण्डागर्दी र लुटपाटमा सक्रिय समुहलाई पक्राउ गर्दा लगाएको कपडाको दाया“ वा बाया“ खल्तीबाट लागूऔषध बरामत भएको मुचुल्का तयार पारेर मुद्दा चलाउ“दै आएको छ ।

 सुन लुट्ने समूहका योेजनाकार उज्वल भए पनि गाडी अपहरण र सुन लुट्ने नाटकको रोलमा भने वाला थिए । वालालाई काभ्रेकै बिजय लामा र उनको समूह साथ दिएको थियो । सुन लुटेपछि ड्राईभर जंगबहादुरले लुटेरा समूहले आफ्नो पेसेन्जरसहितको गाडी काभ्रेको पा“चखालबाट अपहरण गरी रातेमाटेमा पु¥याई आफूस“ग भएको नगद र सुन लुटेको भन्दै महाशाखामा उजुरी दिएका थिए । मुख्य योजनकार र लुटेरालाई नै प्रहरीले चोख्याएर घर पठाएपछि अब अर्को लुट काण्ड नहोला भन्न सकिन्न ।

Post a Comment

0 Comments