Subscribe Us

फेसबुकमै झुण्डिन थाले लोकमान,

काठमाडौं । सार्वजनिकि निकायमा पद र शक्तिको अख्तियारी दुरुपयोग गर्नेमाथि अनुसन्धान गरी कारवाही गर्नेसम्मको अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अधिकांश समय सामाजिक सञ्जाल फेसबुकमा बेतित गर्न थालेका छन् ।

प्रमुख आयुक्त जस्तो ब्यक्ति भर्खरका ‘टिनएजर’ केटाकेटी जस्तै फेसबुकमा झुण्डिन थालेपछि अख्तियारकै कर्मचारी अचम्मित भएका हुन् । प्रमुख आयुक्त कार्की आजभोली आफ्नै फेसबुक पेज ‘लोकमासिंह कार्की’ लाई फेसबुकमा विज्ञापन नै दिएर ‘लाईक’ बढाउने काममा ब्यस्त छन् । यो समाचार तयार पार्दासम्म कार्कीको पेजमा ६१ हजार बढीले लाईक गरिसकेका थिए । उक्त पेजमा आफ्नो ब्यक्तिगत वेवसाईट ‘लोकमानकार्की डट कम’ पनि उल्लेख गरिएको छ । अख्तियार स्रोतका अनुसार कार्कीले पदीय अख्तियारी दुरुपयोग गर्दै अख्तियारको रकम खर्चेर आफ्नो ब्यक्तिगत पेज ‘लोकमासिंह कार्की’ को लाईक बढाउन फेसबुकमा विज्ञापन दिएका हुन् ।
महाभूकम्पमा प्रत्येक नेपाली एक अर्काको दुःखमा मलम लगाउन जुटेका छन् । तर, गुमनाम बसेका अख्तियार प्रमुख कार्की भने यतिखेर जसरी हुन्छ आफ्नो पेजमा लाईक बढाउने ध्याउन्नमा जुटेका छन् । त्यसैले फेसबुकमा उनले विज्ञापन दिएर नै लाईक बढाइरहेका छन् । उनले विज्ञापन दिएर लाईक बढाउन प्रयासरत ‘लोकमानसिंह कार्की’ पेजमा नेपाली राष्ट्रिय झण्डैझण्डा भएको तस्बीर र त्यसमा ‘टुगेदर वी रिविल्ड नेपाल’ लेखिएको छ । 

कार्की हलिवुड, बलिवुड वा कलिवुडको प्रख्यात कलाकार भएझै उनले सामाजिक सञ्जालमार्फत आफूलाई सार्वजनिक ब्यक्तित्वका रुपमा उभ्याउन राज्यकोष दुरुपयोग गरिरहेका छन् । मुलुक विपत्तिमा फसेका बेला राज्य र कर्मचारीतन्त्रबाट हुन सक्ने संभावित आर्थिक अपराध रोक्न विशेष भूमिका खेल्नुपर्ने बेला कार्की भने स्वयम् ‘टिनएजर बच्चाबच्ची’ झै फेसबुककमा झुण्डिएका हुन् । 

उता महाभूकम्पमा परि उठिबास भएका परिवारका लागि पाल खरिद घोटला प्रकरणलाई अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा उनी आफै सो प्रकरण दबाउन सक्रिय रहेका छन् । स्रोतका अनुसार उनले शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीलाई दबाद दि“दै हजारौं त्रिपाल आफैं लिए । जुन पछि कार्कीले विभिन्न ठाउ“मा पुगेर राहत बा“ड्ने नाममा आफूलाई हिरो देखाउने फोटो सार्वजनिक गरे । 

चार लाख ६२ हजार सात सय दुई पाल खरिद प्रकरणमा २५ करोड रुपैया“ घोटला भएको सरकार स्वयम्ले गरेको छानविनबाट पुष्टि भएको छ । तर यथार्थमा ५० करोड भन्दा बढी घोटला भएको अनुमान गरिएको छ । किनकी पाल सप्लाई गर्ने एक भारतीय चेन्नाई कम्पनीले अत्यन्त न्यून मुल्यमा पाल उपलब्ध गराउन सक्ने कोटेशन गृहलाई पठाएको थियो । उक्त कोटेशन हाल पनि गृहमा सुरक्षित रहेको छ । उक्त घोटला प्रकरणमा कार्कीले आफ्नो ब्यबसायीक पार्टनर सुन तस्कर दिपक मल्होत्राको ग्यालेक्सी ईन्टरनेशनल कन्सल्टेन्सी प्रालिलाई समेत पाल खरिद गर्ने ठेक्का दिलाएका थिए । 

अर्कोतिर, अर्वौंका भ्रष्टाचारलाई छानविन गरी कारबाही गर्नुको सट्टा यार्चागुम्बाको राजश्वछलि भयो भन्दै छानविन गर्न कार्की जुटेका छन् । यार्चागुम्बा किनबेचमा हुने सामान्य राजश्वछलिलाई समेत ठूला सञ्चारमाध्याममा काम गरेको देखाउन समाचार बा“ड्न तल्लिन कार्कीले यार्चागुम्बा राजश्वछलि प्रकरण छानविन गर्न जुट्नुमा समेत भित्रि रहस्य भने अर्कै रहेको छ । किनकी कार्की आफै यार्सागुम्बा जुडिबुटीका सेवक हुन् । स्रोतका अनुसार कार्कीलाई ‘ए’ ग्रेडको यार्चागुम्बा बार्षिक चार केजी भन्दा आबश्यक पर्छ । जसको मुल्य लाखौं पर्छ । यार्चागुम्बा जुडिबुटीलाई दैनिक दुधमा घुलिन बनाई उनले पिउने गरेको उनीनिकट स्रोतले बतायो । 

यार्चागुम्बा दैनिक सेवन गर्दा यौन शक्ति बढ्ने बताइएको छ । संक्रमणकालिन अबस्थमा हुन सक्ने आर्थिक अनियमितता र अपराध रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष भूमिका खेल्नु पर्ने हुन्छ । तर, अख्तियारका प्रमुख कार्की आफै आर्थिक अनियमितता र पदीय अख्तियारी दुरुपयोग गर्न सक्रिय भएपछि सु–शासन नारामा मात्र सिमित हुने भएको छ ।

Post a Comment

0 Comments